‘टिम समर्पण ‘ ले शिक्षाको लागी समर्पण हुने

पाेखरा । बेलायतमा रहेका नेपालीहरुको समुह ‘टिम समर्पण ‘ ले शिक्षाको लागी समर्पण भन्ने नाराका साथ पोखरा र आसपासबाट बेलायतमा बसोबास गर्दै आएका र विभिन्न पेशा र व्यवसायमा संलग्न सुर्य गुरुङ, बिभा गुरुङ र कान्ती गुरुङ श्रेष्ठलगायतले टिम समर्पण संचालन गरेका हुन ! सोही संस्थाले
गत डिसेम्बर २२ मा समर्पण नामाक् गीति अल्बुमको बिमोचन तथा सङीतिक् कार्यक्रम समापन गरिएको थियो ।
जस्मा बेलायएतका लागी नेपालका राजदुत महमहिम डा. दुर्गा बहादुर सुबेदी, नेपालका बरिष्ठ बिमान चालक,नायक गायक ,सामाजिक अभियानत क्याप्टेन विजय लामा लगायत बेलायएतमा रहेका नेपालहरुको बाक्लो उपस्थितीमा कार्यक्रम भएको थियो.
कार्यक्रम आयोजना गरि संकलन गरेको रक़म मध्येको पहिलो किस्ताको रकम मकवानपुरको एक विधालयलाई हस्तान्तरण गरेको छ ।
बेलायतबाट नेपालमा आएको समयमा कान्ति गुरुडं श्रेष्ठ र टिम समर्पण संस्स्थाका सहयोगी अनुप श्रेष्ठ समेतले मकवानपुरको देवहित माध्यमिक विधालयका प्रधानाध्यापक सुनित लामालाई हस्तान्तरण गरेका छन ! पहिलो किस्ता वापतको रक़म १ लाख ५० हज़ार रहेको छ !
सोही अवसरमा अल्बुम समर्पणमा आफ्नु गायकी मार्फत सहयोग गर्नु हुने
गायकहरु धर्वेन्द्र सेवान, सन्तोष लामा, उदेश श्रेष्ठ दिपेश् गुरुङ र संगीतकार तथा गायक कल्याण सिंह लाई टिम समर्पणकी कान्तीले मायाको चिनो दिएकी थिईन ! अर्का गायक राजु लामालाई भने टिमले बेलायएतमा नै मायाको चिनो प्रदान गरेको उनले बताईन !
विधालयका प्रधानाध्यापक सुनीत लामाले प्राप्त रक़म विधालयको पुस्तकालयको विकास र विस्तारका लागि खर्च गरिने जानकारी दिएका छन !
महिलाबाट मात्र पढ़ाई हुने उक्त विधालयको तर्फबाट प्रअ लामाले सहयोगको लागी टिम समर्पणलाई धन्यवादका साथ यो सहयोग सही ठाउँमा प्रयोग हुने छ भन्ने कुराको विश्वाश समेत दिलाएकी थिइन !

Advertisment