मिस नेवाको ट्यालेन्ट राउण्ड सम्पन्न, संस्कृति जगेर्ना गर्न याेगदान – पालिखे

पोखरा, २४ फागुन
नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ११४० को ट्यालेन्ट राउन्ड सकिएको छ । शनिबार भएको कार्यक्रममा २२ प्रतियोगी हरुले आफ्ना प्रस्तुति राखेका थिए ।
मिस नेवामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवती सहभागी रहेका छन् । उनीहरुले शनिबार अन्तर्निहित प्रतिभा तथा नेवारी समुदायमा मानिने संस्कृति प्रस्तुति गरेका थिए । ट्यालेन्ट राउन्डका निर्णायकहरुमा शम्भुलाल श्रेष्ठ, आन्नद बज्राचार्य र रिना गाेशेली रहेका थिए ।
कार्यक्रमकाे उद्वघाटन गर्दै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले संस्कृति जगेर्नाका लागि यस्ता खालका कार्यक्रमले नयां पुस्तालाई प्रेरणा मिल्ने बताउंदै सबैले अाअाफ्नाे घरमा नानी,बाबुहरुलाई भाषा,संस्कृतिका बारे ज्ञान दिनुपर्ने अावश्यकता अाैल्याएका थिए ।प्रतियोगिताका मुल संयोजक विमल श्रेष्ठ, मिस नेवा ११३८ प्रिती बुद्राचार्य, नेवा मिसा पुच कास्की अध्यक्ष मेनुका श्रेष्ठ, ल्याम्ह पुच अध्यक्ष मधुसुधन जोशी लगायतले कार्यक्रमकाे उदेश्य र नेवारी संस्कृति जगेर्नाका बारेमा बाेलका थिए ।

मिस नेवाले ४० हजार, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पाउने छिन् . यस्तै, उपविजेताले २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रा ह’नेले १५ हजार, डिभिडी प्लेयअर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउनेछन् . प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ . उत्कृष्ट नेवारी भाषा ७ हजार र भ्युअर्स च्वाइस, मस्ट टयालेन्ट अवार्ड, बेस्ट पर्सनालिटी, बेस्ट फ्रेन्डली, बेस्ट स्माइल र फोटोजेनिकले जनही ५ हजार र प्रमाणपत्र पाउने छन् ।
नेपालमा नेवार समुदायको देशको समृद्धि, भाषा, कला, साहित्य, संस्कार, अर्थ सबै क्षेत्रमा उल्लेख्य योगदान छ । नेपाल संवत् ११३१ देखि हरेक बर्ष हुँदै आएको याे प्रतियोगिताको नबौ संस्करण हो । नवौं संस्करणको फाइनल चैत ८ गते पोखरा सभागृहमा हुनेछ । भने उत्त कार्यक्रम तालिम सयोंजक सेलिका श्रेष्ठ र तालिम सह संयाेजक प्रार्थना डगोंलले सञ्चालन गरेका हुन् ।

Advertisment