कोरोना विरुद्ध सचेतना फैलाउदै, पैदलयात्रीलाई निशुल्क माक्स वितरण

पोखरा । पोखरा रोट्रयाक्ट क्लव अफ न्युरोड पोखरा र रोट्रयाक्ट क्लव अफ अन्नपुर्णले संयुक्त रुपमा पोखराको पृथ्वीचोकमा बाटोमा हिड्ने पैदलयात्रुलाई निशुल्क माक्स वितरण गरेका छन् ।
अन्तराष्ट्रिय जगतमा देखिएको कोरोना भाइरस (कोभिड १९) का कारण आम मानिसमा देखिएको सन्त्रासलाई मध्यनजर गरि मानिसहरुमा जनचेतना फैलाउने उद्देश्यले पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड र रोट्रयाक्ट क्लव अफ अन्नपुर्णले पोखरामा निशुल्क रुपमा माक्स वितरण गरि कोभिड १९ बाट वच्न र बाच्नका लागी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको अन्नपूर्ण क्लवका अध्यक्ष रोट्रयाक्टर रोहित गिरीले जानकारी दिए ।
क्लवले मङगलबार पृथ्वीचोकमा आवतजावत गर्ने पैदलयात्रुहरुलाई ५०० ओटा मास्क वितरण गरी समाजमा आउने परिस्थितिलाइ सामना गर्न जुनसुकै वेला पनि तयार रहेको दुवै क्लवका रोट्रयाक्टर सदस्यहरुले बताए ।
यस्तै वढ्दै गईरहेको प्रकोपका कारण राज्यले पनि भिडवाड हुने ठाँउहरु सपिङ मल, सार्वजनिक मेला महोत्सव तथा पठनपाठन हुने ठाँउमा हेल्प डेस्कको व्यवस्था गर्नुपर्ने तथा अत्यावश्यक वस्तुहरु माक्स र सेनेटरिजको सहज रुपमा उपलब्ध गराउनुपर्ने पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड पोखराका अध्यक्ष गनेश भण्डारीले बताए । उनले आगामी दिनमा थप सचेतनामुलक कार्यक्रमहरु गर्दै जाने जानकारी दिए ।

Advertisment