दश एसएसपी डीआईजीका लागि सिफारिस हेर्नुस नाम सहित

काठमाडौं । लामाे समय रिक्त रहेकाे नेपाल प्रहरीकाे प्रहरी महानिरिक्षक पद लागि दाैड शुक्रवार देखि बन्द भएके छ ।

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका दश प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस गरेको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त दस डीआईजी पदमा बढुवाको लागि सिफारिस गरेको हो । उच्च स्रोतका अनुसार एसएसपीहरु धिरजप्रताप सिंह, घनश्याम अर्याल, बसन्तकुमार लामा,सहकुल थापा,बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, उत्तमराज सुवेदी, रविन्द्रसिंह धानुक र अरुणकुमार बिसी छन् ।

गृहसचिव न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्यसचिव छन् ।

Advertisment