लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीकाे दानले पाेखरामा खुशी

पाेखरा । भारतीय राजदुताबास पेन्सन वितरण कार्यालय पाेखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले पाेखरा वडा नमबर १० र १५ मा सहयोग हस्तान्तरण गर्नुभएकाे छ ।
काेराेना भाईरस काेभिड -१९ का कारण मुलक नै लकडाउनमा रहेका कारण दैनिक ज्यालादारी मजदुर गरिब परिवारमा चुलाे नै नबल्ने अवस्था अाएपछि पाेखरा महानगरपालिका का वडा कार्यालय हरु बाट राहात वितरण हुन थालेकाे छ ।
शनिवार लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले पाेखरा वडा नम्बर १० र १५ मा राहातका लागि १२.५ केजो चामल, एक केजी दाल, १ लिटर तेल, एक पाेका नुन, एक प्याकेट मसला र एक पाकेट साेयाबिन गरि २५/ २५ के जी वडा नम्बर १० र १५ का लागि राहात सहयाेग प्रदान गरिएकाे छ ।
अाफ्नाे ब्यक्त्तिगत रुपमा प्रदान गरिएकाे साे राहातमा करिब रु ६२ हजार पांच सय बराबरकाे खाधान्न रहेकाे जनाएकाे छ ।
नेपालकाे सबै भन्दा निकटकाे घनिष्ट सम्बन्ध रहेकाे भारत बाट भुकम्पकाे बेला राष्ट्रिय स्तरबाट खाेज, उद्वार तथा राहातमा महत्वपुर्ण सहयाेग रहेकाे थियाे ।
भारतीय भुतपुर्ब सैनिककाे घना बस्ति रहेकाे पाेखरामा लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले ब्यक्त्तिगत रुपमा गरिएकाे यस प्रकारकाे सहयाेग प्रति पाेखरामा खुशी ब्यक्त्त गरिएकाे छ ।

Advertisment