भगवान बुद्दले देखाउनु भएको बाटो कसरी अनुसरण गर्ने ?

बुद्दको चरणकमललाई स्मरण गर्दै
बौद्दधर्म अवालम्बि सबैमा
नमन गर्दछु,
🙏🙏🙏

अोम नमो बुद्दाये !
विशुद्द धर्म प्रतिमास बुद्दाये
सद्दर्मपुण्योपगतानु बुद्दाये
भवाग्रहशुन्याय विशुद्दबुद्दाये ।

ढाईहजार वर्ष पहिले सबै प्राणीलाई दुखबाट मुक्त गर्न अाफ्नो राजपाट र दरवार त्यागेर घोर तपष्यमा ६ वर्षसम्मा लीन भएर बुद्दत्व प्राप्त गर्नुभएकोले वहाँ सिद्दार्थ गौतमबाट बुद्द बन्नुभएको थियो । संसार दुखमय छ, दुःखको मुल कारण भनेको तृष्णा हो । तृष्णालाई त्यागेपछि मात्र दुःखबाट छुट्कारा मिल्छ र निर्वाण अर्थात शान्ति प्राप्ति हुन्छ भन्ने महाज्ञानको उपदेश दिने विश्वशान्तिका महानायक भगवान बुद्दको जन्म जयन्ती यही ७ मईको दिनमा परेको छ ।
यसदिनलाई बुद्दधर्ममा बुद्दको त्रि-संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वान समेत भएको दिन भएकोले गर्दा बुद्द पूर्णिमा पावन दिवसको रुपमा मान्दै अाएको छ । नेपालको लुम्बिनिमा जन्मनु भएकोले नेपाल देश बुद्ददेसको रुपमा समेत चिनिन्छ र सम्पूर्ण नेपालीले शिर ठाडो गर्ने गर्व गर्छौ र बुद्द हाम्रो लागि अारध्यदेवको रुपमा पुज्यनीय हुनुहुन्छ ।

बुद्वद्दले दु:खलाई चार सत्यमा विभाजन गरेका छन,

१) दु:ख सत्य हो, जन्म, रोग,बुढ्याइँ र मृत्यु
२) दुःखको निश्चित सत्य कारणहरु छन, लोभ, मोह, रिस, राग, अाशक्ति, तृष्णा, स्वार्थ
३) दु:ख निरोध वा पन्छाउन सक्ने सत्य हो । पन्छाउनु पर्ने तत्वहरु : लिप्सा, लोभ, मोह, बन्धन, वासना, अादिलाई जीवनमा अाउन नदिनु,
४) दु:ख निरोधगामिनी प्रतिपदा सत्य अर्थात दुःखलाई रोक्नेअष्टमार्ग – सम्यक दृष्टि,सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक अाजिविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधिहरू हुन (अर्थात अष्टमार्ग पालना गर्दा योगाभ्यास वा बौद्द मेडिटेशनको पालनामा विभन्न मन्त्र जाप, मण्डला पूजा बौद्द परम्परामा गरिन्छ) ।

बुद्दले प्रतिपादित गर्नुभएको शिष्यहरूका लागि, गुरुद्वारा प्रदान, विशेष अाचरणको लागि शील दिने पन्चशील क्रमस: चोरी नगर्नु, झुटो नबोल्नु, यौनव्यभिचार नगर्नु, मधपान नगर्नु र हिँसा नगर्नु रहेका छन । र, विशेष एउटा गुरुजाप गर्ने मन्त्र गुरुले प्रदान गरेपछि धर्ममा दिक्षित गर्दछन ।

हिन्दु धर्मावलम्बिहरूले बुद्दलाई विष्णु भगवनक‍ो नवौँ अवतारको रुपमा मान्ने गर्छन ।
नेपालको सबै गुम्बाहरू, मठ मन्दिरमा यही ७ मईको दिनमा अत्यन्त श्रद्दाका साथ भगवान बुद्दको पूजा गरने चलन छ । यसपाली डिबिसि यूकेले सामुहिक रुपमा पूजा गर्ने अवसर करोनाको कारणले गर्न नसकिने अवस्था सृजना भएको छ ।

भगवान बुद्द हाम्रो मनमा नै विध्यमान भएको हुँदा बुद्द पूर्णमाको दिनमा पूर्णिमाको व्रत बसेर चोखो तथा निष्ठाका साथ भगवान बुद्दको घरैमा अराधना गरौ भन्ने मेरो विशेष अनुरोध छ । यसमा सक्ने जति व्रत बस्ने अनुरोध गर्दछु ।

अतः हामी भगवान बुद्दले देखाउनु भएको बाटो अनुसरण गरि विश्वमा करोनाको कारण महामारीमा अक्रान्त दु:खी मानवहरूको उद्वारको लागि हृदयबाट नै पूजा प्रार्थना गरौ ।

बुद्दम शरणम गच्छामी
धर्मम शरणम गच्छामी
संघम शरणम गच्छामी

जयबुद्द
सुमलकुमार गुरुङ
अध्यक्ष
डिबिसि यूके

Advertisment