जनसम्पर्क समिति मकाउका सभापति गुरुङद्वारा पिडितलाई राहात बितरण

पाेखरा । काेराना भाइरसका कारण दैनिक ज्यालादारीहरुलाई गुजारा गर्न गाह्राे भईरहेकाे छ ।

यसैक्रममा नेपाली जनसम्पर्क समिति मकाउका सभापति युवा लेख बहादुर गुरुङ बाट सबिक सिलदुजुरे गाबिस
वडा.१चिप्लि हाल पोखरा १३ उज्वलटोल निवासी अति बिपन्न परिवारका बखत बहादुर बिक अमरबहादुर बिक र गजाको आमा साबिक पाचे गाबिस हाल सोही टोलमा बस्ने अति बिपन्न सुकमाया बिक र साबिक देउराली गा.वि.स. रूपगाउपलिका हाल ढल्केपुल बस्ने अति सनिसा गुरुङ्गलाई प्रती ब्यक्ति १बोरा चामल,नुन ,तेल ,मस्याैरा, दाल चिनी र बिस्कुट लगायतका खाधान्न सहयोग गरेका छन् ।

त्यसैगरि जनसम्पर्क समिती मकाउका सभापति लेख वहादुर गुरुङ ले सिक्लेसमा शनिवार अचानक आगलागी भई पिडित भएका आस माया परियारका परिवारलाई तत्काल खाद्यन्न समस्या पर्ने भएकाले ३० केजी वरावरको १ वोरा चामल, कालो दाल १ केजी, चिनी १ केजी, १ प्याकेट चियापत्ती, तेल १ केजी र विस्कुट १ प्याकेट स्थानीय युवा भोलामान गुरुङ मार्फत आज साँझ सहयोग प्रदान गरेका थिए ।

Advertisment