लकडाउनमा चोरी बढ्न थाल्यो, सजग हुन एसपि कार्कीको आग्रह

पाेखरा । कास्कीमा चोरीका घटना बढ्न थालेकाे कास्की प्रहरी प्रमुख एसपि दान बहादुर कार्कीले बताएका छन् । बिहिबार पाेखराका पत्रकारहरु संग भिडियो कन्फरेन्समा बाेल्दै एसपि कार्कीले काेराेना भाईरस (कोभिड-१९) को कारण देशमा लकडाउन भएको करिब २ महिना पुग्दै गर्दा कास्कीमा चोरीका घटना बढ्न थालेको जानकारी दिएका छन् ।
कार्कीले भने वैशाख महिनामा भने ९ वटा चोरीका मुद्धा दर्ता भएको र चोरी मुद्धामा १५ जना पुरुष पक्राउ परेका छन भने महिला भने चोरी मुद्धामा कुनै उजुरी परेको छैन्।
# सवारी कारबाही
कास्की प्रहरीले लकडाउनको समयमा वैशाखमा ६ हजार ४ सय ८९ वटा विभिन्न सवारी साधनको चावी नियन्त्रणमा लिएको एस.पी.कार्कीले जनाए । उनका अनुसार कास्कीमा सार्बजनिक हित स्वास्थ्य, सुरक्षा सुबिधा र नैतिका बिरुद्धको कसुर र अभद्र व्यबहारमा २२ वटा मुद्धा दर्ता भएका छन्।
वैशाखमा कास्कीमा लागु औषधमा ३, जबरजस्ती करणीमा ५, बैंकिङ कसुर मुद्धा ६, कर्तब्य ज्यान मुद्धामा दुई वटा मुद्धा दर्ता भएको उनले जनाए ।
वैशाखमा ४ सय वटा सवारी साधन चालकहरु कारवाहीमा पर्दा ३ लाख २७ हजार रुपैया राजश्व संकलन भएकोे कास्की प्रहरीले जनाएको छ । कास्कीमा कोरोना भाइरसबाट बच्न र बचाउन कास्की प्रहरीले स्वास्थ्य सचेतना, स्वास्थ्य सामाग्रि लिने र प्रदान गर्ने काम गर्दै आएको छ । कास्कीमा वैशाखमा मात्र आत्म हत्याबाट १० जनाको मृत्यु भएको एस.पी. कार्कीले जनाए ।

अत्यावश्यक सेवा एम्बुलेन्स तथा खाद्य तथा फलफुल तरकारीका गाडीमा यात्रु वोक्ने उपर कारावाही गर्ने एस.पी. कार्कीले चेतावनी दिएका छन्। उनले भने “एम्बुलेन्सले बिरामी वोक्ने हो, सार्वजनिक गाडी जसरी रकम असुल्दै यात्रु बाेक्न पाईंदैन, खाद्य तथा फलफुल तरकारीका गाडीमा पनि मानिसहरु आएको भन्ने कुरा सुन्नमा आएको छ , अब यसमा हाम्रो थप निघरानि गछौं । ”

Advertisment