प्रजातन्त्रका सेनानीका धर्मपत्नी रानाभाटकाे निधन

पोखरा ।
पूर्व सभामूख एवं नेपाली कांग्रेसका पुर्ब महामन्त्री तारानाथ रानाभाटलाई मातृशोक परेको छ । उहाँकी आमा एवं प्रजातन्त्रका सेनानी स्वर्गिय नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारी रानाभाटको मंगलबार बिहान पोखरा २६ आफ्नै निवासमा निधन भएको उहाँका छोरा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिनुभयो ।
उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । कांग्रेस नेता तारानाथ रानाभाट लामाे समयदेखि जिल्लामा नै बसि आमाकाे हेरचाहमा रहनुभएकाे थियाे ।
उहाँको जन्म १९७७ असोज महिना बिजयादशमीका दिन भएको थियो भने मृत्यु २०७७ आषाढ २३ गते भएको हो ।
सामाजिक रुपमा र राजनितीक रुपमा समेत क्रियाशिल उहाँको नेपाली कांग्रेस पार्टिमा अतूलनिय योगदान रहेको छ ।
पञ्चायतकालको बिरोध गरे बापत रानाभाट परिवारलाई कठोर यातना सहित सर्बस्व हरण समेत गरिएको थियो । उहाँका छोराहरु तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट हुनुहुन्छ भने छोरीहरु खिमादेवी रानाभाट र शोभा कुमारी रानाभाट रहनुभएको छ ।
स्वर्गिय रानाभाटको आज दिउँसो २ बजे निवासबाट शवयात्रा सहित रामघाटमा अन्तेष्टी गरिने परिवार स्रोतले जनाएको छ ।

Advertisment