प्रभु बैंक र मातृशिशु मितेरी अस्पतालका बीच एक्सटेन्सन काउण्टर खोल्न सम्झौतामा हस्ताक्षर

अन्तिम पौडेल
पोखरा-२३,असार

प्रभु बैंक लिमिटेड र मातृशिशु मितेरी अस्पतालका बीच आज एक्सटेन्सन काउण्टर सञ्चालन गर्नु हस्ताक्षर भएको छ!पोखरा महानगरपालीका १६ बटुलेचौर मा रहेको यस अस्पतालमा गरिब तथा विपन्न वर्गका जनताले सुविधा लिदै आइरहेका छन्!यहाँ बाट ग्राहक ले पाउने बैंक को सम्पूर्ण सुविधा उपलब्ध हुनेछ ।

प्रभु बैंक को तर्फ बाट प्रभु बैंक प्रादेशिक प्रमुख शान्ति शेरचन त्यस्तै अस्पतालका तर्फ बाट अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष उषा बरूवाले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

बैंकले देश COVID-19 को समस्या रहेको बेलामा पनि ग्राहकहरू को सुविधा लाई मध्यनजर राख्दै पोखरा-२ विन्दावासीनि शाखा, बाझापाटन्,लेखनाथ अर्घौ त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालीका- बिरेठाटी मा ATM सञ्चालनमा ल्याइएको छ ।

प्रभु बैंक लि ले आफ्नो सेवा बिस्तार गर्ने क्रममा पाेखरा १६ बाटुलेचाैर बाट सम्पूर्ण बैकिङ्ग तथा ए टि यम सहितकाे सेवा दिन लागेको शेरचनले जानकारी दिनुभयो । कार्यक्रममा बैंकका क्षेत्रीय उपप्रबन्धक बिरेन्द्र भट्ट र बगर शाखा प्रबन्धक निर्देशक हेमन्त बाबु आचार्य आफ्ना भनाई राख्नुभएको थियो!

Advertisment