बिपि पुत्र देख्नासाथ किन भक्कानिए पुर्बसभामुख रानाभाट !

पोखरा । नेपाली कांग्रेसका बरिष्ठ नेता एबं पुर्ब उपप्रधानमन्त्री रामचन्द्र पौडेलले पार्टी भित्र बन साङ्लोले र साङ्लोलाई सखाप पार्ने स्थिति आउन थालेको बताएका छन् ।
प्रजातन्त्रका सेनानी स्व नारायणदत्त रानाभाटका धर्मपत्नी खिम कुमारी रानाभाटको एघारौँ शोकसभामा शुक्रबार पोखरामा बोल्दै पौडेलले आफुहरुले त्यस्तो हुन नदिने समेत चेतावनी दिएका थिए ।
बर्तमान सरकारको आलोचना गर्दै पौडेलले कम्युनिष्ट सरकारले देशलाई तहसनहस पारिरहेको आरोप लगाउंदै उनीहरुको कृयाकलापले देश धेरै पछाडि धकेलिएको बताए ।
महामन्त्री शशांक कोईरालाले चौधौं महाधिवेशन पछि नेपाली कांग्रेस थप जुझारु बनेर अगाडी बढ्ने बताएका थिए ।

स्वर्गिय खिम कुमारीका चार छोराहरु रहेका छन् । कांग्रेसका पुर्ब महामन्त्री एबं पुर्ब सभामुख तारानाथ रानाभाट ,कास्की कांग्रेसका सचिब देबेन्द्र रानभाट,खिलेन्द्र रानाभाट, सुबेन्द्र रानाभाट रहेका छन् ।
यसैबिच शुक्रवार बिहानै काठमाडौं बाट पोखरा २५ रानाभाट निवासमा आईपुगेका कांग्रेस महामन्त्री शशांक कोईराला देख्नासाथ पुर्ब सभामुख रानाभाट भक्कानिएका थिए ।

सहभागीहरु भन्दा झण्डै २० फिट टाढै बसेका रानाभाटलाई समवेदना दिन नेताहरु पालैपालाे छेउमा गएका थिए बिपि पुत्र देख्नासाथ रानाभाट बलिन्धरा आंशु झार्दै रुन थालेपछि केहीबेर त्यहां सन्नाटा छाएको थियो ।
बिपि काेईरालाकाे परिवारकाे सम्बन्ध र रानाभाट परिवारसंगकाे सम्बन्ध, राष्ट्रिय राजनिति, केन्द्रिय पार्टी, कास्की कांग्रेसकाे ईतिहास सम्झिंदै तारानाथ रानाभाट भक्कानिएकाे सहभागीले बताए ।
श्रद्वाञ्जली कार्यक्रममा युवा नेताहरु पुर्बमन्त्री यज्ञ बहादुर थापा, सुरेन्द्र पाण्डे, धनराज गुरुङ, जीवन परियार, रघु पाैडेल, बैकुण्ठ न्याैपाने, बिन्दुकुमार थापा, गुरु घिमिरे,कृष्णचन्द्र नेपाली लगायत नेता कार्यकर्ताहरु सहभागी भएको कांग्रेस महासमिती सदस्य गिरिराज गौतमले युनाईटेड खबरलाई जानकारी दिएका छन् ।
फाेटाे – Shiromani Baral

Advertisment