बामदेवकाेमा खाना खाई बालुवाटार फर्किए ओली

काठमाडौं । नेकपामा करिब डेढ महिनादेखि चलिरहेकाे बिबाद अझै टुङ्गिनुकाे सट्टा झनझन चर्कंदै गईरहेका बेला प्रचण्ड गुटमा देखिएका नेता बामदेव गाैतम एकाएक ओली गुटमा प्रकट भएपछि शिर्ष नेताहरु अलमलमा परेका छन् ।
गाैतमले प्रचण्डकाे अध्यक्षता मा बसेकाे स्थायी कमिटी बैठकमा छ बुंदे सहमतिकाे प्रस्ताव भन्दै प्रधानमन्त्रीमा अध्यक्ष केपिलाई निरन्तरता राख्नुपर्ने महाधिवेशन पछि मात्र अध्यक्ष परिवर्तन गर्नुपर्ने तर्क पेश गरेपछि माधब,झलनाथ, प्रचण्ड गुटमा हलचल मच्चिएकाे छ ।
दिउसो अाफुलाई बचाउने प्रस्ताब राखेका गाैतमलाई अहिले सांझ प्रधानमन्त्री ओलीले फाेन गरि कामरेड म चिया खाना अाउंछु भनेर गाैतमलाई फाेन गरेका थिए ।
प्रधानमन्त्री ओलीकाे स्वागत गर्न बसेका गाैतमकाे भैंसीपार्टी निवासमा निक्कै समय बिताएपछि बेलुकाकाे खाना समेत ओलीले गाैतम निवासमा खाईवरि निक्कै हांसिलाे मुद्रामा भर्खरै निवास बालुवाटार फर्किएकाे गाैतम निकट स्राेतले बताएकाे छ ।

Advertisment