लोगो, पिन र मेरा केही अनुभूति : टंक अधिकारी

सन्दर्भः नेपाल प्रेस युनियनको रजत वर्ष-२०७३
प्रजातन्त्रवादी पत्रकारहरुको गरिमा बोकेको नेपाल प्रेश युनियन जस्तो गरिमामय संस्थाका लागि एउटा सोच लिएर काम गर्न पाउदा मलाई अत्यन्तै खुशि लागेको हो । जब अग्रज प्रजातन्त्रबादी पत्रकार दाजुहरुले स्थापना गरेको यस संस्थाले आफ्नो स्थापनाको २५ औ बर्ष अर्थात रजत बर्षमा प्रवेश ग़र्यो । तबदेखि नै मलाई नेपाल प्रेस युनियनको गण्डकी अञ्चल संयोजकको हैसियतले रजत वर्षलाई महत्वपूर्ण बनाउनका लागि केही न केही त गर्नुपर्छ भन्ने सोचाई आयो । प्रायःजसो संघ संस्थाले २५ बर्षमा टेक्दा अघिपछि गरिएका कार्यभन्दा पृथक केही गरेको पाईन्छ । मलाई पनि यस अवसरमा केही गरौं भन्ने भावना आई रजत वर्षको लोगोको रचना गर्न मन लाग्यो र लोगो बनाएँ ।
प्रेस युनियनको रजत बर्ष पिनको प्रसङ्ग पनि त्यही नै थियो । लोगोको सफलता पछि फेरी अर्को सोचाई मेरो मनमा पलायो । रजत बर्ष पिन बनाउने र पिन जसले लगाउँछ त्यो पक्का प्रजातन्त्रवादी पत्रकार हो, त्यसको त्यो नै सच्चा परिचय हुन्छ भन्ने मलाई लाग्यो । विभिन्न समाजिक संघसंस्थाले बनाएका पिन संघसंस्था सम्बद्ध ब्यक्तिहरुले लगाउदा देखिएको पहिचानले संस्थाको प्रतिनिधि हो भन्ने स्पष्ट हुने र पकेटमा बोकिएको परिचय पत्रले भन्दा पनि छातिमा लगाएको लोगो अंकित पिनले बढी जिम्मेवार बनाउने मलाई महसुस भयो । सोही अनुसार केही गरौँ भन्ने लागेर मैले पिन बनाउने अभियानमा अघि बढे, सफलता पनि प्राप्त भयो । लोगों र पिनलाई कति संस्थागत गर्न सक्यौ सकेनौ त्यो विषय गौण नै रहयो !
यस पिनको बारेमा भन्नु पर्दा यो पिन नेपाल प्रेस युनियनको प्रतिक हो भने प्रजातन्त्रवादी पत्रकारहरुको पहिचान हो । यसलाई लगाउनु भनेको प्रेस युनियनको प्रतिविम्वलाई बोकेर हिडनु हो । जो कोहीले यसको प्रयोग नगरुन्, जो प्रेस युनियनकर्मी हो, उस्को छातीमा यो पिन रहोस् भन्ने मेरो स्पष्ट धारणा हो । हामी सबैले संस्थागत रुपमा स्थापित हुने कामहरु गर्न सक्नु पर्दछ । जसले गर्दा प्रेस युनियनको आगामी पुस्ताले पुरानो पुस्ताको कामलाई एउटा गौरवको रुप सम्झेर त्यसलाई आधार मान्दै अगाडी बढ्न सकोस् । तव मात्र युनियनको भावना र मर्म सदाकाल चिरस्थायी बन्न सक्छ ।
अन्त्यमा, नेपाल प्रेस युनियनको आठौं महाधिवेशन पोखरामा सम्पन्न भएर हामी कार्यसमिति निर्वाचित भएको आज ठ्याक्कै छैटौं बर्ष पूरा भएको छ । यस अवधीमा व्यवसायिक पत्रकारिताको प्रवद्र्धन, श्रमजीवि पत्रकारका हक हित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा संगठनले खेलेको सशक्त भूमिका प्रति गौरवान्वित महसुस गरेको छु । केन्द्रिय समितिमा रहेर यस अवधीमा जे जति गर्न सकिएको छ त्यसमा तपाईँ अग्रज, शुभचिन्तक, सल्लाहकार सहितका साथिहरूको सहयोग र सद्भावबाट सम्भब भएको छ । यस अवसरमा तपाईं सबैप्रति हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछु ।
जय नेपाल
टंक अधिकारी
संयोजक, साविक गण्डकी अञ्चल एवम् केन्द्रीय सदस्य
नेपाल प्रेस युनियन

Advertisment