स्टार्स स्टुडियोको चौथों बार्षिकोत्सवमा खुल्ला कविता प्रतियोगिता हुने

हुम तमु, कास्की आवाज
पोखरा, २८ भदौ
नेपाली मौलिक लोक सँस्कृति र साँस्कृतिक नृत्यहरुको संरक्षण एवम प्रर्बद्धनको लागि कार्यरत पोखरा न्युरोडस्थित स्टार्स स्टुडियो प्रालि.ले आफ्नो चौथो वार्षिकोत्सव खुल्ला कविता प्रतियोगिता आयोजना गरी मनाउने भएको छ।
कोभिड १९ कोरोना भाइरसको महामारीको पिडाको बिच स्टार्स स्टुडियोले अनलाइनबाटै सिर्जनात्मक ढंगले नेपाली लोक सँस्कृतिको संरक्षण र सम्वद्र्धन भाव भएको मौलिक कवितालाई विशेष महत्व दिने गरी कविता प्रतियोगिता आयोजना गरिएको स्टुडियोका संचालक, चलचित्र निर्देशक, निर्माता जसु गुरुङले जानकारी दिनुभयो।
नृत्य प्रशिक्षण कक्षा संचालन, नेपाली मौलिक पोशाकहरु भाडामा उपलब्ध गराउने, चलचित्र निर्माण, डकुमेन्ट्री, म्युजिक भिडियो निर्माणका साथै सेवा प्रदान गर्दै आएको स्टुडियोद्धारा आयोजित खुल्ला कविता प्रतियोगिताका विजेताले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार, सान्त्वना दुइजनाले ३/३ हजार रुपैयासहित प्रमाणपत्रबाट पुरस्कृत हुने संचालक गुरुङले बताउनुभयो।
खुल्ला प्रतियोगितामा सहभागी हुन चाहने सर्जकहरुले शुद्ध नेपाली भाषामा १२५ शब्द सम्मको कविता वाचनको अडियो भिडियो र एक प्रति स्पष्ट लेखिएको कविता असोज ३ गते कार्यालय समयभित्र starsstudionepal@gmail.com मा पठाउन आग्रह गरिएको छ।नेपाली लोक सँस्कृतिको संरक्षण र सम्वद्र्धन भाव भएको मौलिक कवितालाई विशेष महत्व दिइने प्रतियोगिताको निर्णय असोज ७ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका उत्कृष्ठ १० घोषित कवितालाई युट्युब मार्फत प्रसारण गरिने संचालक गुरुङले बताउनुभयो।

कोभिड १९ को कहरका बिच भए पनि सर्जकहरुको सिर्जनाको माध्यमबाट नेपाली लोक सँस्कृतिको संरक्षण र सम्वद्र्धनमा योगदान पुर्याउन संस्थाको बार्षिकोत्सवमा खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको बताउनुहुदै संचालक जसु गुरुङले साथ र सहयोगका लागि आग्रह समेत गर्नुभएको छ।

Advertisment