डा. महतकाे उपस्थितिमा भाेजे दाईकाे किन गरिएन सम्झना ! पराजुलीकाे चर्काे कटाक्ष

पाेखरा । कलेजो कलेजो सम्बन्धी समस्याबाट निधन हुनुभएका नेपाली कांग्रेसका जुझारु नेता भोज बहादुर गुरुङ (भाेजे दाई) को सोमबार अन्त्येष्टि गरिएको छ । ठुलो संख्यामा पार्टीका नेता,कार्यकर्ता र आफन्तहरुको उपस्थितिमा रामघाट स्थित बौद्व अर्घौं सदनमा अन्तेष्टी गरिएको हो ।
पार्टीका केन्द्र देखि जिल्लातहका नेताहरु निवासमा पुगेको भएता पनि वहांको योगदानको कुनै चर्चा गरिएन । बौद्व अर्घौं सदनमा भने वहां आबद्व सामाजिक संघ,संस्थाहरुले श्रध्दाञ्जलि सभा गरेका थिए । तर त्यहां पार्टीका कांग्रेसका नेताहरुलाई श्रध्दाञ्जलि मन्तब्य दिन बोलाउंदा कुनै नेता देखिएन । यसै बिषयमा अहिले कास्की कांग्रेसको कृयाकलापको सामाजिक सञ्जाल र भित्र भित्रै निकै ठुलो आलोचना भईरहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस प्रतिबन्धित अवस्थामा कान्छो भाईको रुपमा संगै डेरामा बसेका अग्रज पत्रकार युवा नेता गंगाधर पराजुलीले निकै ठुलो कटाक्ष गरेका छन् । हेरौं जस्ताको तस्तै ।

शुभप्रभात..
चिन्ता बढ्यो झन ……। – गंगाधर पराजुली

– नेपाली कांग्रेसका जुझारू नेता भोज बहादुर गुरुडं ( सिकन्दर ) को अकल्पनीय निधनले चिन्तित बनाएको त थियो नै , त्यसमाथी कोरोना पुष्टी भएका संगको निकटताका कारण म पनि होम आईसोलेशनमा बसेकोले उपस्थित हुन नपाउंदा मात्र नभएर त्यहां उपस्थित थुप्रै युवा र कांगेस समर्थित सर्वसाधारणका बिचमा नेपाली कांग्रेसको स्थानीय समितिबाट गरिनुपर्ने केही काम नभएको सुन्दा झनै चिन्ता बढ्यो !

– अहिलेको विषम परिस्थितिमा पनि नेपाली कांगेसको तर्फबाट केन्द्रीय सहमहामन्त्री डा. प्रकाश शरण महत गाडी लिएर काठमाडौबाट पोखरा आउनुभयो र गुरुडं प्रति अन्तिम श्रद्धांजली अर्पण गर्नुभयो तर वहांलाई स्व गुरुडंका बारेमा केही शब्द राख्ने अवसर दिईएन ।
– नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट , नेता शुक्रराज शर्मा , पूर्व मन्त्री यज्ञ बहादुर थापा र कास्की कांग्रेसका सभापति कृष्ण केसी समेतका नेता कार्यकर्ता निवासमै पुगेर श्रद्धांजली अर्पण गर्नुका साथै सहमहामन्त्री डा. महत संगै रहेर स्व गुरुडंको शवमा चारतारे झण्डा ओढाउनुभयो तर कसैले पनि स्व गुरुडंको योगदानका बारेमा त्यहा केही बताउनुभएन ।

– स्व . गुरुड.प्रति अन्तिम श्रद्धांजली अर्पण गर्न ठुलो संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेपनि त्यहा भोजबहादुर ( सिकन्दर) सक्रियता र योगदानका बारेमा समेत कसैले केही बताएनन् , अझ भन्ने हो भने कुनै नेतालाई केही शब्द मात्र पनि बोल्न दिईएन ।
– गुरुडंको निवासमा पुगेका सहमहामन्त्री डा. महत स्वयं भावविव्हल देखिएका थिए , उनिमात्र नभएर अन्य नेताका पनि आंखा रसाएका देखिन्थे ।
– केही नेता र उल्लेखनीय कार्यकर्ताको उपस्थिति रहेपनि कार्यक्रम संचालक रहेका कांग्रेस जिल्ला सचिव सुदीप मोहन भट्टराईले केही नेताको नाम लिएको तर धेरै महिला नेतृ भएपनि कसैको नाम नलिंएको कारण कतिपयले चिन्ता प्रकट गरेका थिए।

– निवासमा स्व गुरुडंको बारेमा केन्द्रीय वा जिल्लाका कुनै नेतालाई बोल्न नदिएपनि बौद्ध अर्घौ सदनमा समेत केही समय मिलाएर नेतालाई बोल्न लगाउन मिल्थ्यो तर त्यसतर्फ कसैको चासो रहेन ।
– बौद्ध अर्घौ सदनमा त माथी नाम उल्लेख गरिएका कुनै नेता समेत पुगेनन् तर काठमाडौबाट त्यही कामका लागि भनेर आएका सहमहामन्त्रीलाई समेत त्यहां जानका लागि कसैले सुझाएनन् ।
– निवासमा गुरुडंका आफन्त , शुभचिन्तक र कांग्रेस कार्यकर्ताको ठुलो उपस्थिति रहेपनि व्यवस्थित किसिमबाट कार्यक्रम गर्न चासो देखाईएन भने बौद्ध अर्घौ सदनसम्म नेता कार्यकर्ता पनि पुगुन भन्ने बारेमा पार्टीले कुनै वास्ता गरेन , फलस्वरूप त्यहां सामाजिक दुरी सहित उपस्थित ठुलो समूह ( आफन्त र शुभचिन्तक ) मा स्व गुरुडं को व्यक्तित्व र योगदानको बारेमा कांग्रेसको तर्फबाट कसैले बोलिदिनुस न भन्दा समेत बोल्ने मान्छे पाईएन ।
– पार्टीको यस्तो क्रियाकलापले स्व गुरुडं को योगदानको अवमूल्यन गरेको महशुस भएको छ ।

त्यसैगरि पराजुलीकाे वालमा कमेन्ट गर्दै नेपाली कांग्रेस पाेखरा ९ का सभापति महिला नेतृ उमा ठकुरीले अगाडि लेखेका छन ‘

कता कता के के तालमेल नमिलेको नमिठो आभास मलाइ पनि भाथ्यो दाइ घर देखि अर्घौ सदन सम्म पुग्दा , गाडी बिपत्तै कुदाउदै, जाने रुट पनि कसैलाइ थाहा भयन दिक्क

प्रतिबन्धित अवस्थादेखि कांग्रेसमा अावद्व बिष्णु शर्माले पनि पराजुलीकाे वालमा कमेन्ट गर्दै यसरी तिखाे प्रहार गरेका छन् । कांग्रेस बिग्रनु मा २५% बेबस्थापकिय कमजोरी हो भनेर मैले पटक पटक भन्दै आयको हो ,जिल्ला कमिटी ,क्षत्रीय कमिटी को दायित्व हैन र ?बेबस्थापन गर्नु पर्ने ?के इ कमिटी हरु तेहि अधिबेशन को लागि मात्र हो कि अघि पछी पनि चलायमान हुने हुन मैले न बुझेको कुरो ?कांग्रेस का आटिला नेता थिय भोज गुरुङ दाइ ,हार्दिक स्रन्दान्जलि ,अल बिदा दाइ

Advertisment