महामन्त्री काेईराला अस्पताल भर्ना, अवस्था स्थिर

काठमाण्डौं, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई अकस्मात् ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको छ । उहाँका स्वकीय सचिव सचिव भरत तिवारीका अनुसार अचानक ज्वरो आएपछि म्ंगलवार राति अस्पताल भर्ना गरिएको हो । चावहिलको ओम अस्पतालमा उहाँको उपचार भैरहेको छ ।

महामन्त्री कोइरालालाई यही भदौ २३ गते कोरोना भाइरसको संक्रमण भएको थियो । सो बेलादेखि उहाँ आफ्नै निवासमा आइसोलेसनमा बस्नुभएको थियो ।

सचिव तिवारीका अनुसार सोमबार साँझ ६ बजेदेखि कोइरालालाई १०३ डिग्री ज्वरो आएकोमा त्यसको दुई घण्टासम्म पनि ज्वरो नरोकिएपछि अस्पताल लगिएको थियो । अहिले ज्वरो हटिरकेको छ । उपचारमा खटिएका डाक्टरले कोइरालालाई निमोनिया भएको संकेत देखिएको छ ।

अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले एक बक्त्तब्य प्रकाशित गरि महामन्त्री कोइरालाको स्वस्थ्य अवस्था स्थिर तथा सुधारोन्मुख रहेकाे जनाएका छन ।

कोइरालाको उपचारमा ओम अस्पतालका डाक्टर विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ।

Advertisment