संगम मा बिका पूर्व विद्यार्थी र स्थानीयद्वारा विद्यालय सरसफाई

पाेखरा । कास्की जिल्लाकाे अन्नपूर्ण गा.पा.- ६, चन्द्रकाेटमा अवस्थित श्री संगम मा.वि. मा स्थानीयले झारा गरी विद्यालय परिसरकाे बृहत सरसफाई गरेका छन् ।
विद्यालय व्यवस्थापन समिति र पूर्व विद्यार्थी मञ्च सँगकाे सहकार्यमा संगम मा.वि. बचाऊ अभियानद्वारा विद्यालय सरसफाई कार्यक्रम “झारा”काे अाह्वान गरिएकाे हाे ।
उक्त “झारा” मा साबिक लुम्ले गा.वि.स. वडा नं.१, २, ३ र ४ तान्चाेक, माझगाँउ, पात्लेखेत, ताेमिजुङ्ग, ह्वाँडी र चन्द्रकाेटका गरि कुल ८१ जनाकाे उल्लेख्य सहभागिता रहेकाे पुर्ब बिधार्थी मञ्चका अध्यक्ष नवीन गुरुङले जानकारी दिएका छन् ।

“झारा” द्वारा विद्यालयकाे प्रवेशद्वार, प्राङ्गण, कक्षाकाेठा, हाेस्टेल, शाैचालय, खेलमैदान, सिंढीबाटाे लगायत भवन अगाडि र पछाडिकाे खाली जग्गामा उम्रिएकाे झारपात, झाडी, बुट्यान अादि सबै ठाँउमा सरसफाई गरेका थिए ।
शनिवारकाे सरसफाई कार्यक्रममा सहभागीहरूकाे खाजा-नास्ताकाे लागि तान्चाेक काेटगाँउ (पाेखरा-१, बगर) हाल यु.के. निवासी संगम मा.वि.का पूर्व विद्यार्थी श्री अम्बले गुरूङ्गले रू.१०,०००/- साैजन्य सहयाेग गरिएकाे समितिले जानकारी दिएकाे छ ।
संगम बचाऊ अभियान र पूर्व विद्यार्थी मञ्चकाे तर्फबाट विद्यालय सरसफाई कार्यक्रममा सकृय रूपमा सहभागी स्थानीय लगायत सहयाेगदाता एवम् समस्त विद्यार्थी साथीहरूमा हार्दिक धन्यवाद ज्ञापन सहित अगामी दिनहरूमा पनि यस्तै साथ र सहयाेगकाे अपेक्षा गरेका छाैं बिधार्थी मञ्चका काेषाध्यक्ष आश

गुरुङले भनेका छन् । सरसफाइ कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष चित्र बहादुर गुरुङ वडा नम्बर सातका वडा सदस्य छत्र कुमारी गुरुङ, लगायत जनप्रतिनिधी,शिक्षक अभिभावक हरु उपस्थित भई हाैसला दिएका थिए ।

Advertisment