कलेज/ स्कुलमा ट्राफिककाे सचेतना अभियान

ट्राफिक सचेतना सम्वन्धि भर्चुअल (Virtual ) माध्यमबाट कार्यक्रम सम्पन्न

पोखरा आश्विन ७ गते ।
कोरोना भाईरस COVID-19 को महामारी रोकथामका लागि नेपाल सरकारद्वारा जारी लकडाउन पश्चात सडक यातायात सुचारु भए संगै सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले सुरु गरेको ट्राफिक सचेतनामुलक कार्यक्रम कास्की जिल्लाका ४ वटा विद्यालयमा सम्पन्न गरेको छ ।

यही असोज २ गते देखि संचालन भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ मासवार स्थित मदरल्याणड उच्च मा.वि., पोखरा-१७ स्थित शिसु निकेतन उ.मा.वि. पोखरा २७ स्थित त्रिवेणी पव्लिक उ.मा.वि र पोखरा -१४ चाउथे स्थित कास्की मोर्डनाईज्ड एकेडेमीका कक्षा १० र १२ का अं. ४७२ जना विद्यार्थीहरुलाई सडकअनुशासन,सवारी दुर्घटना न्यूनिकरण, स्कटुर तथा मोटर साईकल जस्ता साना सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरु का बारेमा बिधार्थीलाई प्रशिक्षण दिईएकाे थियाे ।
बिद्यमान मुख्य-मुख्य ऐन नियमहरु र कोरोना भाईरस COVID-19 बाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका विषयमा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले प्रशिक्षण प्रदान गरेका थिए ।
आगामी दिनमा अन्य स्कुल तथा कलेजहरुमा समेत यस किसिमका प्रशिक्षण कार्यलाई निरन्तरता दिईने गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाका प्रवक्ता/सुचना अधिकारी प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिएका छन् ।

Advertisment