कास्कीकोटमा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

पोखरा १४ असोज । पोखरा महानगरपालिका २४ कास्कीकोटमा सेनेटरी प्याड बनाउने तालिम समपन्न भएको छ । पोखरा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन महिलाहरुलाई सेनेटरी प्याड बनाउन सिकाएको हो ।

नेपाली महिलाहरुमा हुने महिनावारीको समस्यामा उचित हेरचाह नगर्दा पाठेघर तथा यौन सम्बन्धि विभिन्न रोगहरु लाग्न सक्ने जोखिम रहेको कुरालाई मध्येनजर गर्दै जेसिजले उक्त कार्यक्रमको आयोजना गरेको हो । तालिममा पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउन सिकाइएको थियो । पखेटा नेपालको सहकार्य तथा वडाको सहयोगमा जेसिजले उक्त कार्यक्रम समपन्न गरेको हो ।

महिलाहरुले आफ्नो लागी स्वास्थ्यको ख्याल राख्नुपर्ने र सेनेटरी प्याडको प्रयोगबाट कसरी फाइदा हुन सक्छ भन्नेबारेमा प्रीति मगरले जानकारी समेत दिइएकी थिइन । उनले महिनावारी हुदाँ आउने परिवर्तन र त्यसको असरको बारेमा समेत प्रशिक्षण दिएकी थिइन । त्यस्तै पखेटा नेपालकी अध्यक्ष तथा प्रशिक्षक विनु श्रेष्ठले प्याड बनाउन सिकाउदै कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे जानकारी दिएकी थिइन । बजारमा पाउने प्याडमा केमिकल हुने हुदाँ पाठेघरमा क्यान्सरको जोखिम हुने हुदाँ कपडाको प्याड बढि सुरक्षित रहेको बताइन् । तालिममा सिकाइएको प्याड वातावरणमैत्री रहेको उनले बताईन ।

सोही क्रममा बोल्दै पोखरा २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले वडालाई प्राथमिकतामा राख्दै तालिम ल्याउनी सम्मनिय कार्य रहेको बताए । कोभिड १९ ले अस्तव्यस्त समयमा समेत महिला स्वास्थ्य कार्यक्रम ल्याउनु सान्दर्भिक रहेको बताए । पुर्वाधार विकास मात्र विकास नभइ नागरिकको स्वास्थ्य, नेतृत्व विकास समेत समाजको विकास भएको उनले बताए ।

तालिमले वडामै प्याड निर्माण गर्ने हौसला मिलेको बताउदै उनले अब महिलाको लागि प्याड वडामै बनाउने प्रतिबद्धता व्यक्त गरे । सोही क्रममा बोल्दै वडा सचिव कुस्मराज सुवेदीले महिनावारीको समयमा टालोको प्रयोग गर्दा ग्रामीण क्षेत्रका महिलाहरुमा पाठेघर सम्बन्धी समस्या हुँदै आएको बताए ।
महिलाहरुले बाहिरी कपडा राम्रो लगाएपनी भित्री कपडा भने स्वास्थ्य विपरीत लगाउदा समस्या खेप्नुपरेको उनले सुनाए । “महिलाहरु महिनावारी हुदा एउटा प्याड ४ घण्टा भन्दा प्रयोग गर्न मिल्दैन भनेर विश्व स्वास्थ्य संगठनले समेत भनेको छ । तर विना सुरक्षा लामो समय सम्म प्रयोग गर्दै आएका छन यस्ले निकै असर गर्न सक्छ“ उनले भने । कार्यक्रममा जेसिज पोखराका प्रतिनिधिहरुको समेत सहभागिता रहको थियो ।

Advertisment