उपकुलपती अर्यालले के भन्नुभाे त स्वागत कार्यक्रममा

सन्दिप पाैडेल
लेखनाथ १८ असोज
पोखरा विश्वविदालयका नवनियुक्त उपकुलपती प्रा डा प्रेम नारायण अर्यालले आफू निती र नियम भित्र वसेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । विषम परिस्थीती र १ वर्ष सम्म रित्त रहेको उपकुलपती पदमा आफू नियुक्त भएर आउने दिनमा नै विश्वविद्यालयको अवस्था र गर्नु पर्ने कार्यको लिष्ट तयारीमा आफू रहेको समेत वताउनु भएको छ । पो वी कर्मचारी र प्राध्यापकले आयोजना गरेको स्वागत कार्यक्रममा सो कुरा उहाँले वताउनु भएको हो । सोही कार्यक्रममा पो वी कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले कर्मचारीका मागहरु आगामी दिनमा राख्दै जाने तर अहीले विद्यार्थीको भविष्य वनाउन र उचित समयमा परिक्षा र परिक्षाफल गर्न का लागी खाली रहेका पदमा छिटो भन्दा छिटो नियुक्त गर्नु पर्नेमा जोड दिएका छन् ।
सोही कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष हेमराज पाण्डेले राजनिती वाट नियुक्त भएर आउँदा शैक्षिक क्षेत्रमा राजनीती छाप नदेखाउन आग्रह गरेका छन् । स्कूल अफ विजनेसका डिन प्रा हरि वहादुर खड्काले रिक्त रहेका १ वर्षको काम अवको केही समयमा गर्नु पर्ने भएको हुँदा सवैको साथ आवश्यक रहनेमा जोड दिनु भएको थियो । पो वी सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी र सदस्य हरि त्रिपाठी लगाएतले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन कर्मचारी तारा सापकोटाले गर्नु भएको थियो ।

Advertisment