कांग्रेसले बैठक बहिष्कार, जसपा पनि जरक्क !

पाेखरा । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले कडारुपमा विरोध गरेको छ ।

सोमबार प्रदेश सभा बैठकमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका छन ।

सहमतिकाे बाटाे खाेज्नुकाे सट्टा दुई तिहाइकाे दम्भ देखाएर बाहिर कर्फ्यु लगाउने भित्र पेल्ने के गर्ने खाेजेकाे ? कांग्रेस संसदीय दलका नेताले प्रश्न गरेका थिए ।

संसद बैठक जबर्जस्ती नचलाउन कनाैडियाले चेतावनी दिएपछि जनता समाजवादी पार्टीका सांसदहरु पनि सरकार एकलाैटी ढंगले चलेकाे भन्दै बहिष्कारमा उत्रिएकाे छ । बैठक अहिले स्थगित भएकाे छ ।

Advertisment