पुर्ब महाराजाधिराज चिन्तामा, दशैं स्थगित !

पोखरा । पूर्वमहाराजाधिराज श्री ५ ज्ञानेन्द्र शाहले यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका छन् ।
देशकाे बिषम परिस्थिति तथा काेभिड -१९ का कारण मानिसहरु मृत्यु हुनाका साथै ठुलाे संख्यामा बिरामी बढ्दै जांदा अत्यन्त्तै चिन्तामा रहेका पुर्बराजा बाट यस्ताे निर्णय लिएका हुन् ।

निर्मल निवास स्रोतका अनुसार सर्वसाधारणका लागि मात्र नभई आफ्ना कर्मचारीलाई समेत टीकालगाइदिने कार्यक्रम बन्द भएको जनाइएको छ । दशैंको टीका मात्र होइन, शक्तिपीठ दर्शन र पूजापाठलगायत सबै कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ ।
शक्तिपीठहरुमा असाध्यै बिश्वास गर्ने गरेका पुर्बमहाराजधिराज बाट गरिएको यस किसिमको निर्णयले सर्बसाधारण तह बाट कस्ताे प्रतिकृया आउने हाे त्याे भने प्रतिक्षाको बिषय बनेको छ ।

file – photo

Advertisment