तमु बाैद्व सेवा समितिमा टीकाको दिन शुभसाइतमा शिलान्यास

काठमाडौं । काठमाडौंको अनामनगरस्थित तमू बौद्ध सेवा समिति नेपाल काठमाडौंको अग्रणी गुरुङ सामाजिक संस्था हो । २०४६ सालमा स्थापित तमू बौद्ध सेवा समितिको अनामनगरमा आफ्नै तीन तल्ले कार्यालय भवन छ । राजधानीमा बढ्दो गुरुङ जनसंख्यासँगै भवनमा रहेको सभाकक्ष, गुम्बा आदि साँघुरो रहेको अनुभूत गरिएको छ । त्यसैले संस्थाले भवन विस्तारका लागि टीकाको दिनको शुभसाइत पारेर बुधबार शिलान्यास गरेको छ ।

तमू बौद्ध सेवा समिति नेपाल काठमाडौंको अग्रणी गुरुङ सामाजिक संस्था हो । २०४६ सालमा स्थापना भएको तमू बौद्धको तीन तल्ले यो भवनमा डाक्टर हर्क सभाकक्ष, गुम्बा लगायत छन् । तर पछिल्लो समयमा राजधानीमा बढ्दो गुरुङ जनसंख्यासँगै भवनमा रहेको सभाकक्ष, गुम्बा आदि साँघुरो रहेको अनुभूत गरिएको छ । त्यसैले संस्थाले भवन विस्तारका लागि टीकाको दिनको शुभसाइत पारेर बुधबार शिलान्यास गरेको हो । लामा गुरुहरूको मन्त्रोच्चारणसँगै संस्थाका अध्यक्ष रूपबहादुर गुरुङले भवन विस्तारको शिलान्यास गरेका थिए ।
चालिसको दशकमा काठमाडौंमा गुरुङ जातिको उपस्थिति अत्यन्तै न्यून थियो । राजधानीमा रहेका गुरुङहरूले खासगरी मर्दा–पर्दा विभिन्न समस्या भोग्दै आएका थिए । त्यसैले अधिकांश अवकाश प्राप्त गोर्खा, केही समाजसेवी तथा बुद्धिजीवीको अग्रसरतामा तमू बौद्ध सेवा समितिको स्थापना भएको हो । तर डेढ दशक अगाडि निर्माण गरिएको अहिलेको भवन साँघुरो भएकाले विस्तार गर्न लागिएको हो
तोरणबहादुर गुरुङ
संयोजक, भवन विस्तार समिति
तमू बौद्ध सेवा समितिले भवन विस्तारको योजना एक वर्ष भित्रमा सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । साढे तीन तल्लाको हुने विस्तारित भवन निर्माण सम्पन्न गर्न करिब दुई करोड लाग्ने अनुमान गरिएको छ । र, अहिलेसम्म अनुमानित बजेटको करिब तीस प्रतिशत जति रकम संकलनसमेत भइसकेको छ ।
चीजबहादुर गुरुङ
संयोजक, अर्थ संकलन समिति
राजधानीको मुटु अनामनगरमा रहेको समिति दुई रोपनी क्षेत्रफलमा फैलिएको छ । समितिले सामाजिक र मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ । यसैले पनि तमू बौद्धलाई काठमाडौंको अग्रणी गुरुङ सामाजिक संस्था बनाएको छ । समितिको भवन विस्तारपछि अहिले उपलब्ध हुँदै आएको सेवा थप विस्तार त हुनेछ नै थप प्रभावकारी पनि बन्नेछ ।
Oct 24, 2012 मा प्रकाशित ।

Advertisment