मोटरसाईकलमा आगाे लगाउने पक्राउ

पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक प्रेस बिज्ञप्ती

जारी गर्दै माेटरसाईकलमा आगजनी गर्ने एकजना पक्राउ गरेकाे जनाएकाे छ । गत असाेज २६ गते अन्दाजी राती २३:४० बजेको समयमा पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा सिशुनिकेतन मार्गमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.१२ घर भई पोखरा म.न.पा. १७ बस्ने बर्ष ३० का सन्तोष अर्यालको स्टोर अगाडी पार्किङ गरी राखेको ग १२ प ८६९८ नम्बरको बुलेट मोटरसाईकल र ग ७ प ९७८८ नम्बरको होण्डा साईन मोटरसाईकलमा आगो लगाएर फरार भएका थिए
घटनाको अनुसन्धानको क्रममा पो.म.न.पा. वडा नं. १७ विरौटा बस्ने बर्ष १९ को दिबश रानाभाटको संलग्नता देखिएकोले जिल्ला प्रहरी तथा मातहत समेतबाट खोजतलास गर्दा मिति २०७७।०८।०२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटाबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाएकाे छ ।
पक्राउ व्यक्तिको विवरण :-
• नामथर:- दिवश रानाभाट
• वतन:- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा
• उमेर:-१९ बर्ष
• शै.यो.:-११ पास
• पेशा:-अध्ययन
• पक्राउ मिति:-२०७७।०८।०२ गते ।
• पक्राउ स्थान:- जिल्ला कास्की पो.म.न.पा. वडा नं. १७ विरौटा ।
निजलाई अपराधिक उपद्रव कसूर अन्तर्गत अनुसन्धान भईहेको प्रहरी प्रवक्ता, सुचना अधिकारी प्र.ना.उ. सुवास हमालले जानकारी दिएका छन ।

Advertisment