काेराेना त्रासले यस्ताे सम्म बनायाे !

करिब एक महिना अघि Kidney Stone को दुई वटा सल्यक्रिया गरि पन्ध्र दिनको आराम पछि आफ्नो नियमित काममा फर्केको थिए! विश्व भर महामारी को रुपमा फैलिएको COVID-19 ले म पनि अछुतो रहन सकिन! बिजया दशमीको तेस्रो दिन म कन्ट्याक्ट टेसिङमा परे, त्यस पछि म पोखरा स्थित ड्याम्मसाईड मा रहेको फिस्टेल ईन् मा क्बारेन्टाइन बसे! पाँच रात त्यहाँ रहने सम्म मलाई त्यस्तो कुनै लक्षण देखा परेन र म मेरो निवास तर्फ लागे! पाँचौ दिनको दिउँसो गण्डकी मेडिकल कलेज मा स्वाब दिएर घर फर्केँ,त्यो बेला सम्म मलाई केही लक्षण थिएन! त्यो रातो रिपोर्ट के आउला भन्ने कुराले मलाई राम्रो निद्रा परेन! भोलिपल्ट बिहान छ बजे उठे पछि आफ्नो नियमित रुपमा गरिने काम गरेर बसेको थिए ! दिउँसो कपडा धोई रहेको थिए! अचानक मेरो फोन को घण्टी बज्यो मैले त्यति ध्यान केन्द्रित गरिन! करिब दुई मिनेट पछि पुनः फोन आयो मैले फोन उठाए ! फोन थियो पोखरा महानगरपालिका वडा न १७ को स्वास्थ्य महाशाखा बाट मलाई कोरोना लागेको औपचारिक जानकारी दिनु भयो र मेरो सम्पूर्ण स्वास्थ्य स्थिति को जानकारी माग्नु भयो ! त्यस पछि मलाई अझै हो जस्तो लागेको थिएन तर स्वास्थ्य महाशाखा बाट आएको त्यो खबर मैले बिश्वास गर्नुपर्ने नै थियो! मलाई त्यो दिन पनि केही लक्षण देखा परेको थिएन! भोलिपल्ट बिहान पुरै शरीर शिथिल बनायो ! सम्पूर्ण मेरा शुभचिन्तक हरूले मलाई स्वास्थ्यलाभ को कामना गर्नुभएको थियो! मलाई त्यस पछि रुघा र ज्वरो आई ग्रस्त बनायो! यसको खास उपचार नभएकोले बिहान ध्यान गर्ने, तातो–तातो खाने,दिनको ३ पटक बाफ लिने, झोलपदार्थ प्रस्सत खाने गर्दै बसेको छु, दिनप्रतिदिन मेरो स्वास्थ्य सुधारउन्मुख छ!
मलाई यस परिस्थिति मा सहयोग गर्नुहुने सम्पूर्ण लाई हार्दिक धन्यवाद व्यक्त गर्दछु!!!

कोरोना भाइरस सामान्य हो भनेर हेलचक्य्राइँ पटक्कै नगरौँ यसले ज्यान जान पनि सक्छ ! आफू पनि सतर्क हौ अरूलाई पनि सतर्क गराउँ!!!
अन्तिम पाैडेल सल्यान,कास्की, हाल पाेखरा -१७

Advertisment