पाैडेल पक्राउ प्रति देउवाकाे आक्राेश, देशभर प्रतिराेध गर्ने चेतावनी

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमा दुब्र्यबहार गर्दै उहाँको गृह जिल्लामा गरिएको गिरफ्तारीको निन्दा गर्नुभएको छ ।

बुधबार दिउँसो तनहुँमा पौडेलको गिरफ्तारी हुने बित्तिकै एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले यसलाई सरकारको सर्वसत्तावादको संज्ञा दिंदै सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गरिने चतावनी पनि दिनुभएको छ ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरेपश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथी गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ।’

उहाँले अगाडि थप्नुभएको छ, ‘ सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’
उहाँले वर्तमान सरकारअधिनायकवादी आकांक्षाको जगमा उभिएको उल्लेख गर्दै यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी पनि दिनुभएको छ ।

Advertisment