कास्की प्रहरीले १३ बर्षदेखी फरार रहेका प्रतिवादी पक्राउ

पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान मार्ने उद्योग मुद्धाका १३ बर्षदेखी फरार रहेका प्रतिवादी पक्राउ गरेकाे जनाएकाे छ ।
दण्डहिनता बिरुद्धको अभियान अन्तरगत कास्की जिल्ला अदालतको मिति २०६४/०४/३० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा सात (७) बर्ष कैद सजाय तोकी हालसम्म फरार रहेका ब्यक्ति पक्राउ परेकाे हाे ।
जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं.९ तल्लो गाँउ बस्ने बर्ष ४८ को खिम बहादुर क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरिएको प्रेस बिज्ञप्ती मार्फत कास्की प्रहरीले जानकारी दिएकाे छ ।
​​​पक्राउ व्यक्तिको विवरण तपशिल :-
• नाम : खिम बहादुर क्षेत्री
• उमेर : ४८ वर्ष
• ठेगाना : जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं.९ तल्लो गाँउ
• पक्राउ मिति : २०७७।०८।१८ गते ।
• पक्राउ स्थान : जिल्ला कास्की माछापुच्छ्रे गा.पा.वडा नं.९ तल्लो गाँउ
यसैगरि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले कास्की जिल्ला अदालतको फैसलाले बन्यजन्तु सम्बन्धी कसुर मुद्धामा रु.१०,०००।– जरिवाना तोकि फरार रहेका १ जना र जुवा सम्बन्धी मुद्धा अन्तरगतका जरिवाना सजाय भएका अन्य ८ जना प्रतिवादीहरु समेत पक्राउ गरी जिल्ला अदालत बुझाईएको प्रवक्ता/ सुचना अधिकारी तथा प्र.ना.उ. सुवास हमालले जानकारी दिनुभएकाे छ ।

Advertisment