सगरमाथाको उचाइ झनै बढ्याे

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । पछिल्लो मापन अनुसार सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको छ ।
मंगलबार नेपाल र चीनले एकसाथ सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन्।
यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो।
मंगलबार काठमाडौंमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गरेका थिए ।
नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।
दुवै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका थिए । दुवैतर्फ परीक्षण गरिएपछि नयाँ उचाई सार्वजनिक गरिएको हो । नेपालले सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो।
सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३, २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरूले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएका थिए ।

नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको हो । ६६ वर्ष पहिले भारतीय सर्वेक्षण निकायले सगरमाथाको उचाइ नापेको थियो ।
चिनियाँ टोलीले पनि सगरमाथाको उचाइ मापन गरेपछि मात्रै नयाँ उचाइ सार्वजनिक गर्न दुवै देश सहमत भएका हुन् । चीनले सगरमाथालाई ‘झुमलुङ्गमा’ भन्ने गर्दछ ।
चीनले सगरमाथाको उचाइ घटेको दाबी गरेपछि सगरमाथाको नयाँ उचाइ मापन गर्नु परेको हो ।
विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशंका पनि गरेका थिए। इ ८६ सेन्टिमिटर बढेको छ । पछिल्लो मापन अनुसार सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको छ ।
मंगलबार नेपाल र चीनले एकसाथ सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन्।
यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो।
मंगलबार काठमाडौंमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गरेका थिए ।
नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।
दुवै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका थिए । दुवैतर्फ परीक्षण गरिएपछि नयाँ उचाई सार्वजनिक गरिएको हो । नेपालले सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो।
सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३, २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरूले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएका थिए ।

नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको हो । ६६ वर्ष पहिले भारतीय सर्वेक्षण निकायले सगरमाथाको उचाइ नापेको थियो ।
चिनियाँ टोलीले पनि सगरमाथाको उचाइ मापन गरेपछि मात्रै नयाँ उचाइ सार्वजनिक गर्न दुवै देश सहमत भएका हुन् । चीनले सगरमाथालाई ‘झुमलुङ्गमा’ भन्ने गर्दछ ।
चीनले सगरमाथाको उचाइ घटेको दाबी गरेपछि सगरमाथाको नयाँ उचाइ मापन गर्नु परेको हो ।
विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशंका पनि गरेका थिए।

Advertisment