मानिस मृत अवस्थामा, कास्की,तनंहु, पर्वत, बाग्लुङमा सवारी दुर्घटना !

पाेखरा । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी गतिविधी तथा घटनाहरु
लाई प्रहरी प्रदेशले सावर्जनिक गरेकाे छ ।

मानिस मृत फेला
मिति २०७७।०८।२४ गते अन्दाजी १०:०० बजेको समयमा जिल्ला कास्की मादी गाँपालिका-२ ल्याप्रयाङ स्थित खोलामा जिल्ला रुपन्देही देवदह नगरपालिका-५ घर भई हाल ऐ.मादी गाँपालिका-२ ताङतिङमा मजदुर काम गर्ने वर्ष २९ को बल्लु परियार उत्तानो अवस्थामा मृत फेला परेको भन्ने खबर प्राप्त पश्‍चात प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको समाचार छ ।

कास्की : सवारी दुर्घटना

मिति २०७७।०८।२४ गते अन्दाजी १२:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-१३ मियापाटन बि.पि.मार्गमा ग १६ प ९९०७ नं.को मोटरसाईकलले पैदल यात्री ऐ. बस्ने वर्ष ७७ की चन्द्रकला थापा गुरुङलाई ठक्कर दिदा घाईते भई उपचारको लागी फिष्टेल अस्पताल पठाईएको, बाँया घुडा र नाकमा चोट अवस्था मध्यम, घटनास्थलमा प्रहरी टोली खटि गई सवारी र चालक नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएकाे छ ।

पर्वत : सवारी दुर्घटना
मिति २०७७।०८।२४ गते अन्दाजी ०९:०० बजेको समयमा जिल्ला पर्वत महाशिला गाउँपालिका- ४ लाम्टाङ स्थित लङ्खु बाट बुटवल तर्फ जादै गरेको ग१ख ५१६२ नं. को बस बाट झर्ने क्रममा ऐ.ऐ बस्ने वर्ष ४२ को टेक बहादुर दर्जी घाईते भई उपचारको लागी जिल्ला अस्पताल स्याङजा लगिएकोमा ११:०० बजे डक्टरले मृत्यु घोषणा गरेको भन्ने खबर प्राप्त हिनासाथ प्हरी टोली खटी गई सवारी साधन र चालक नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताईएकाे छ ।

तनहुँ : सवारी दुर्घटना
मिति २०७७।०८।२४ गते अन्दाजी ०८:०० बजेको समयमा जिल्ला तनहुँ बन्दिपुर गाँउपालिका-१ याम्पा स्थित पृथ्वी राजमार्गमा आबुखैरेनीबाट डुम्रेतर्फ आउदै गरेको ना६ख ७८२४ ट्रक र बिपरित दिशाबाट जादै गरेको ना ५ ख ७४०२ न.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा ना६ख ७८२४ नं.को ट्रक चालक जिल्ला रौतहत मध्येनारन गाँपालिका-१ बस्ने वर्ष २७ को राजेश राय यादब घाईते भई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे लगेको दायाँ खुट्टा भाचिएको अवस्था मध्यम दुबै सबारी साधन र चालक लाई प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको समाचार रहेकाे छ ।

बागलुङ : सवारी दुर्घटना
मिती २०७७।०८।२४ गते अन्दाजी ०७:४५ बजेको समयमा जिल्ला बागलुङ,निसीखोला गाँउपालिका-४ झिवाखोला स्थित मध्यपहाडी लोकमार्गमा झिवाखोलाबाट बोहोरागाउतर्फ जाँदै गरेको ग९प ६२७९ नं.को मोटरसाईकलले ऐ.बस्ने वर्ष ५३ की पैदल यात्री ज्ञान कुमारी हमाललाइ ठक्कर दिदा घाइते भई उपचारको लागि प्राथामिक स्वस्थ्य केन्द्र बुर्तिवाङ बागलुङ पठाइएको,टाउकोमा चोट अवस्था गम्भीर रहेको,मोटरसाईकल र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रहरी प्रदेशका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले प्रेस बुलेटिन मार्फत जानकारी दिएका छन् ।

Advertisment