कांग्रेस, नेकपा परित्याग, ५० जना समाजवादी पार्टीमा प्रवेश

पोखरा, २४ मंसिर
नेकपा–नेपाली काँग्रेस परित्याग पार्टी परित्याग गरी बुधवार ५० जनता समाजवादी पार्टीमा प्रवेश गरेकाछन्। अमरसिंहचोकस्थित पार्टी कार्यालयमा जनता समाजवादी पार्टी कास्कीद्धारा आयोजित कार्यक्रममा नेकपा, नेपाली काँग्रेस लगायतका पार्टी परित्याग गर्दै बैकल्पिक शक्ति जसपामा प्रवेश गरेका हुन।

पोखरा १३ निवासी नेकपाका गोविन्द प्रसाद शर्माको नेतृत्वमा २६ जना, ४० वर्षदेखिको नेकपाको भरोसा तोड्दै अन्नपुर्ण गाउपालिका १ का हेमराज अधिकारीको अगुवाईमा अन्नपुर्ण र माछापुच्छ्रे गाउपालिका धम्पुसका ७ जना र नेपाली काँग्रेस परित्याग गर्दै नारायण थापाको नेतृत्वमा १७ जना युवा विद्यार्थी जसपामा प्रवेश गरेका हुन।

नवप्रवेशीहरुलाई जसपाका केन्द्रिय सदस्य महेन्द्र थापामगरले अबिर, केन्द्रिय सदस्य गणेशमान गुरुङले खादा लगादिदै स्वागत र केन्द्रिय सदस्य डिबी नेपालीले सपथ ग्रहण गराएका थिए।

नवप्रवेशी गोविन्द प्रसाद शर्माले जनता समाजवादी पार्टी कागजमा लेखनी र नेताहरुको भाषण बोली अत्यन्तै राम्रो भए छ, अब त्यो बोलीलाई व्यवहारमा उतार्दै जनतालाई आकर्षित गर्नुपर्ने बताए।

चालिस वर्षसम्मको कम्युनिष्ट माथिको विश्वास नरहेको भन्दै अब जनता र मुलुकका निम्ती गर्ने पार्टी जसपा नै भएकोले आफुहरु बैकल्पिक शक्तिमा प्रवेश गरेको बताए।

यस्तै गरी नारायण थापाले अहिलेसम्मका शासकहरुले युवा र स्वदेशमै अवसरका लागि केही नसोचेकाले युवालाई स्वदेशमै सम्मानित पेशा व्यवसायका लागि बैकल्पिक पार्टीमा प्रवेश गरेको बताए।

जसपाका नेताहरु गणेशमान गुरुङ, महेन्द्र थापामगर,देवी प्रसाद सुवेदी, चेतनारायण यादव, मोति रिजाल, हेमबहादुर थापा लगायतले जसपाको विषयमा प्रष्ट पार्दै नवप्रवेशीलाई क्षमता अनुसार सबैलाई जिम्मेवारी दिने बताएका थिए।

समाजवादी पार्टी कास्की अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्ग गुरुङले स्वागत मन्तव्य र सचिव नारायण भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

Advertisment