दोस्रो जितसँगै सांग्रिला क्लबस्तरीय क्रिकेटको फाईनलमा

पोखरा, २७ मंसिर । स्राग्रिला क्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा राईजिङ पोखरा क्रिकेट क्लबलाई १३४ रनले पराजित गरेको छ । पोखरा रगंशाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सांग्रिला क्रिकेट क्लबले दिएको २२४ रनको लक्ष्य पछ्याएको राईजिङ पोखरा क्रिकेट ८९ रनै अलआउट हुन पुग्यो । जितसँगै स्राग्रिला क्लबस्तरीय क्रिकेटको फाईनल प्रवेश गरेको छ । लिग अन्तर्गतका अझै दुई खेल बाँकी छन् ।

२५ ओभर मात्रै खेल्ने क्रममा राईजिङमा दुई व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाए । बाँकी आठ व्याट्सम्यान भने सस्तैमा पभेलियन फर्किएपछि दोस्रो इनिङ सकिन लामो समय भने लागेन् । सांग्रिलाका कप्तान विपिन खत्रीको उत्कृष्ट बलिङस्पेल रह्यो । स्रांग्रिलाका कप्तान विपिन खत्रीले ९–४–२२–४ को प्रदर्शन गरेपछि २२४ रनको लक्ष्य पछ्याएको राईजिङ पोखरा क्रिकेट क्लब सस्तैमा समेटिने क्रममा ८९ रनमा अल आउट हुन पुग्यो । प्रतियोगितामै एकै ओभरमा सर्वाधिक मेडन राख्ने उनी पहिलो खेलाडी समेत हुन् ।

सुदिप पौडेलले पनि ८ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चिएर ३ विकेट लिएपछि राईजिङ पोखराको क्रिकेट क्लबका व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न चुके । दोहोरो रन जोड्ने क्रममा मिलन थापाले २१ र निर्मल क्षत्रीले १४ रन बाहेक अन्इ व्याट्सम्यानको स्कोर भने दोहोरो अंक छुन सकेन् ।

सांग्रिलाले पहिले व्याटिङ गर्ने क्रममा ३८.५ ओभर खेल्दै २२३ रन बनाउने क्रममा सवै विकेट गुमाएको थियो । मध्यक्रममा विपिन खत्री र अरुण अधिकारीले १२० रनको साझेदारी निभाउँदै राईजिङलाई बलियो लक्ष्य प्रस्तुत गरेका थिए । खत्रीले ५० बल खेल्दै ९२ रन बनाए । उनले ६ चौका र ८ छक्का हिर्काए । अधिकारीले भने ३० रन जोड्न ६१ ब्ल खर्चिए । उनको पारीमा केवल ३ चौका मात्रै लेखियो । सुदिप पौडेलले ३० बल खेलेर केवल १६ रनमा क्रिज छाडेका थिए । सांग्रिलाको फष्ट अर्डर व्याट्सम्यानको कमजोर प्रदर्शन रह्यो । मध्यक्रममा अरुण र विपिनले इनिङ सम्हाल्दै बलियो आधार तयार पारेका थिए । अम्रिन पौडेलले ६ ओभरमा ३६ रन दिएर ४ विकेट लिए । किरण पौडेल र सुदिप भट्टराईले समान दुई दुई विकेट आफनो नाममा लेखाएका थिए । शनिबार पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

Advertisment