लागूऔषध सहित एकजना पक्राउ

पाेखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एक प्रेस बिज्ञप्ती जारी गर्दै लागूऔषध सहित एकजना पक्राउ गरेकाे जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मंसिर २८ गते ६:३० बजे सांझकाे समयमा पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर स्थित जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं.१ भुर्जुङखोला घर भई हाल पो.म.न.पा. १९ बस्ने बर्ष ३५ को मिन बहादुर तामाङलाई पक्साराउ गरेकाे हाे ।

निजबाट लागूऔषध डाईजापाम-३५ एम्पुल, नुर्फिन-३५ एम्पुल, फेनेरागन-३५ एम्पुल गरी जम्मा १०५ एम्पुल फेला पारी निजलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाएकाे छ ।
पक्राउ व्यक्तिको विवरण :-
1. जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं.१ भुर्जुङखोला घर भई हाल पो.म.न.पा. १९ बस्ने बर्ष ३५ को मिन बहादुर तामाङ रहेकाे जिल्ला प्रहरी कास्कीले जनाएकाे छ ।

Advertisment