पाेखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एक प्रेस बिज्ञप्ती मार्फत लागूऔषध सहित मानिस पक्राउ परेकाे जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।३० गते अं.१७:४५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०४ रामकृष्ण टोल स्थितमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०४ रामकृष्णटोल बस्ने बर्ष ३३ को कुमार श्रेष्ठ र जिल्ला भक्तपुर स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.४ रामकृष्ण टोल बस्ने बर्ष ४५ को लक्ष्मी कृष्ण भासिमाले लुकाई छिपाई लिएर हिडिरहेको अवस्थामा पक्राउ गरेकाे बताएकाे छ ।
निजबाट लागूऔषध डाईजापाम -११३ एम्पुल, फेनेरागन-११३ एम्पुल, ब्रुफिनर्फिन-११३ एम्पुल गरी जम्मा ३३९ एम्पुल लागुऔषध र मोवाईल थान २ समेत फेलापारी थप अनुसन्धान कार्य भईरहेको जनाएकाे छ ।
पक्राउ व्यक्तिहरुको विवरण :-
1. अभियुक्त नं. १
• नाम : कुमार श्रेष्ठ
• उमेर : ३३ वर्ष
• ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.०४ रामकृष्ण टोल
• पक्राउ मिति २०७७।०८।३० गते ।
• पक्राउ स्थान : जिल्ला कास्की पोखरा म.न.पा. ०४ रामकृष्ण टोल
2. अभियुक्त नं. २
• नाम : लक्ष्मी कृष्ण भासिमा
• उमेर : ४५ वर्ष
• ठेगाना : जिल्ला भक्तपुर स्थायी घर भई हाल जिल्ला कास्की
पोखरा म.न.पा. वडा नं.०४ रामकृष्ण टोल
• पक्राउ मिति २०७७।०८।३० गते ।
• पक्राउ स्थान : जिल्ला कास्की पोखरा म.न.पा. ०४ रामकृष्ण टोल
बरामद सामानको विवरण :-
• डाईजापाम ११३ एम्पुल
• फेनारगन ११३ एम्पुल
• नुर्फिन ११३ एम्पुल
• मोवाईल थान -२
उनीहरुलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट दिन सात (७) म्याद थप गरी थप अनुसन्धान भईहेको निमित्त प्रवक्ता/ सुचना अधिकारी
प्रहरी निरिक्षक कृष्ण बस्यालबाट जारी बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।