नेपाली सेनालाई अर्काे सम्मान, लिबियामा शान्ति स्थापनार्थ तैनाथ सेनाकाे राष्ट्र संघ बाट उच्च प्रशंसा

काठमाडौँ : लिबियामा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको राष्ट्र संघ लगायत सरकारी निकायले उच्च प्रशंसा गरेका छन् । कोभिड-१९ को विषम परिस्थितिमा पनि नेपाली सेनाले स्वास्थ्य सुरक्षा, उपचार तथा राष्ट्रस‌घसँग सम्बन्धित निकायहरुसँग सुमधुर सम्बन्ध कायम गर्दै तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका भन्दै प्रश‌ंसा गरेका हुन् ।

सम्पूर्ण फौजको उच्च सम्मानसहित ‘मिसन लिबिया’का प्रमुख तथा लिबियास्थित संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिहरूले प्रशंसापत्र प्रदान समेत दिइएको छ । कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गरेका सेनानी मोहनकाजी श्रेष्ठ र जमदार थिरप्रसाद गौतमप्रति श्रध्दञ्‍जली एवं शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको नेपाली सेनाले जनाएको छ ।

Advertisment