ओली समुहकाे बैठक : श्रेष्ठ आउट, प्रवक्ता तोके ज्ञवाली, कास्कीका ६ नेता केन्द्रिय सदस्य मनाेनित

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्‍नो समूहको प्रवक्तामा प्रदिप ज्ञवालीलाई मनोनयन गरेका छन् । पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई तोकिएको हो । ज्ञवाली ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री पनि हुन् ।
बालुवाटारमा बसेको ओली समूहको बैठकले महाधिवेशन २०७८ मंसिर २ गते गर्ने निर्णय गरेकाे छ । त्यसैगरि बर्तमान केन्द्रिय समितिलाई सदस्यहरु थप गरि ११९९ सदस्यिय महाधिवेशन अायाेजक समिति गठन गरिएकाे र ५५६ जना केन्दीय समिति सदस्य समेत थप गरेको छ । सत्तारुढ दल नेकपामा अहिले विवाद चरमोत्कर्षमा पुगेको छ ।

यसै बिच अध्यक्ष ओलीले पाेखराका केही नेतालाई केन्द्रिय सदस्यकाे जिम्मेवारी दिईएकाे बताईन्छ । जस अनुसार मनोनीत हुनेहरुमा पुर्ब जिबिस सभापति पुण्य पौडेल र संघिय सांसद बिध्या भट्टराई जिल्ला अध्यक्ष एबं प्रदेश सांसद कृष्ण थापा, प्रदेश सांसद राजिव पहारी, मिना कुमारी गुरुङ र रश्मि अाचार्य रहेका छन ।

Advertisment