काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-नेपाल समुहकाे केन्द्रिय समितिकाे बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पद बाट हटाउने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको थियाे ।
स्थायी कमिटीको बैठक निर्णय लाई अहिले भइरहेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीकाे बैठले अनुमाेदन गरेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।
नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था रहे बमाेजिम यसअघि रहेका अध्यक्ष ओलीलाई पार्टी अनुशासनकाे कारबाही गरेपछि रिक्त स्थानमा नेपाललाई अध्यक्ष र प्रचण्ड लाई भने अध्यक्ष मा निरन्तरता दिईएकाे समेत प्रवक्ता श्रेष्ठले बताए ।
फाईल तस्बिर – एजेन्सी