राष्ट्रपति भण्डारीलाई भेट्न चिनियाँ राजदूत राष्ट्रपति निवासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेपछि चिनियाँ राजदूत होउ याङ्छी शीतल निवास गएकी छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत केन्द्रीय सदस्यहरु सहभागी केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएपछि उनी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेकी हुन् ।

राजदूत याङ्छी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएको चिनियाँ दूतावास स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार उनी प्रतिनिधि सभा विघटनप्रति निक्कै असन्तुष्ट रहेकाे बताईन्छ ।

Advertisment