दधिराज पुरस्कार घोषणा

काठमाडौं । वरिष्ठ साहित्यकार प्राज्ञ श्री दधिराज सुबेदीको सम्मानमा वहांका छोराहरु शरदराज र रुपकराजले स्थापना गरेको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानको आज बसेको बैठकले रु एकाउन्न हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार बरिस्ठ साहित्यकार एब कवि एस पि कोइरालालाई र रु पच्चिस हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकरिता पुरस्कार वरिष्ठ पत्रकार हरिहर बिरहिलाई दिने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ बिवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।
यी पुरस्कारकालागी हामी छोराहरुले प्रतिष्ठानको नाममा रु पन्द्र लाखको अक्षयको ब्यवस्था मिलाएका छौ ।हरेक बर्ष दुई जना विशिष्ट ब्यक्तित्वलाई कोषको ब्याज बाट प्रतिष्ठानले पुरस्कृत गर्दै आएको छ । पुरस्कार बाट यस अघि साहित्यकारहरु प्रा डा गोबिन्दराज भट्टराई , प्रा डा अभि सुवेदी ,प्रा डा माधब प्र पोखरेल । पत्रकारहरु किशोर नेपाल,हरिबहादुर थापा,शिव बा कार्की पुरस्कृत भइसक्नु भएको छ ।
२०७६ सालको लागि घोषणा गरिएको पुरस्कार कोरोनाको कहरका कारण वितरण गर्न नसकिएकोले आगामी माघ महिनामा आयोजना गरिने समारोहमा नै वितरण गरिने छ ।सो बर्ष साहित्य तर्फको पुरस्कार डा बिष्णुबिभु घिमिरेलाई र पत्रकारिता पुरस्कार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय भइ सकेको छ ।

Advertisment