मनिपालका विद्यार्थी डाक्टर्स गाउँले मार्फत् गाउँगाउँमा

पोखरा १२, पौष
ग्रामिण भेगमा वसोवास गर्ने नेपालीहरुमा स्वास्थ्य सम्वन्धी काम गर्न र आवस्यकिय स्वास्थ्य जानकारी दिनका लागि मनिपालमा अध्ययनरत विद्यार्थीहरुले डाक्टर्स गाउँले कार्यक्रम संचालनमा ल्याएका छन् ।
मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत २०१६ को व्याचका विद्यार्थीद्धारा २०७५ सालमा संस्था स्थापना गरिएको संस्थाले हृदयाघात, मधुमेह, कोरोना, डेंगु, दाँत रोग लगायतका विभिन्न रोगको वारेमा आवस्यक सेवा दिईसकेको छ ।
संस्थाका प्रचारप्रसार संयोजक राहुल गोईतका अनुसार आगामी दिनमा महिला र वृद्ध वृद्धाहरुमा लक्षित गरेर स्वास्थ्य सेवा र जानकारी उपलव्ध गराईने छ । रोट्र्याक्ट क्लबसंग मिलेर स्तनपानको महत्वबारे पनि सचेतना कार्यक्रम गरिसकेको समेत उनले बताए । आफूहरुको संस्था डक्टर गाउँले र यसबाट सञ्चालन भएका कार्यक्रमबाट धेरै लाभान्वित भएको र धेरै ठाउँबाट प्रशंसा पाएको गोइतले बताए ।
स्वास्थ्य सम्बन्धी जानकारी सबैका लागि भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको संस्थाले विभिन्न रचनात्मक कार्य गरेको छ । संस्थामा हाल २५ जना सदस्य रहेको प्रचार प्रसार संयोजक गोइतले जानकारी दिए ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो भएको भन्दै गाइतले आफूहरुको सेवा गाउँ गाउँका नागरिकका लागि हुने स्पष्ट पारे । प्रचार संयोजक गोइतले भने, ‘संस्था मार्फतस्वास्थ्य जानकारीबाट बञ्चित भएका जनतालाई स्वास्थ्यबारे जनचेतना जगाउन देशका कुना कुनामा पुग्ने संस्थाका सदस्य विनोद अधिकारीले जानकारी दिए ।
डाक्टर गाउँलेले अफिसियल युटुव च्यानलमार्फत विभिन्न १६ वटा स्वास्थ्य सम्बन्धी जानकारी समेत गराएको र आगामी दिनमा थप सक्रियतापूर्वक अघि बढ्ने उनले बताए ।
उनले सञ्चारको क्षेत्र निकै फराकिलो भएको तर यस्तो विकास स्वास्थ्य क्षेत्रमा नभएको भन्दै उनले सञ्चारकै माध्यमबाट कुनाकुनामा रहेका नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिंदै जाने जानकारी दिए ।

Advertisment