शुभकामना महिला विकास केन्द्रको १६औं बार्षिक साधारणसभा तथा ९औं अधिबेशन शुक्रवार हुने

पोखरा । शुभकामना महिला विकास केन्द्रको १६औं बार्षिक साधारणसभा तथा ९औं अधिबेशन शुक्रवार हुने भएको छ ।

पिछडिएको महिला समाज उत्थानको लागि समर्पित नारा सहित अगाडी बढेको केन्द्रले बिभिन्न आयमुलक र सिपमुलक कार्यक्रम हरु सञ्चालन गर्दै आईरहेको अध्यक्ष कौशिला गुरुङले जानकारी दिएका छन ।
२०६१ सालमा स्थापना भएको शुभकामना महिला बिकास केन्द्रमा कास्की जिल्लाभरका करिब ७० महिलाहरु सदस्य रहेका छन ।
साधारणसभामा बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनका साथै आगामी कार्यक्रम र संस्थाका सदस्यका छोरा, छोरी एस. ई.ई मा उतिर्ण लाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि नयां समिति चयन गरिने भएको छ ।

Advertisment