नेपाल स्टारको ताज पोखरेली चेली एलिनालाई पहिराउछौंःसहयोग समिति गुरुङको स्वागतार्थ पोखरामा सांगितीक कार्यक्रम हुने

पोखरा, ५ माघ
नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी शो वाई वाई नेपाल स्टारको सिजन १ की उपाधि पोखरेली चेली एलिना गुरुङले जित्ने दावी गरिएको छ।
एलिना गुरुङ जिताऔं सहयोग समितिले पत्रकार सम्मेलन गरी रियालिटी शो मा पोखरा, गीत संगीत, स्त्रीशक्ति एलिनाले उपाधि चुम्ने उद्घोष गरिएको हो।
पत्रकार सम्मेलनमा एलिना गुरुङ जिताऔं सहयोग समितिका संयोजक मेनकाजी गुरुङ, संरक्षकद्वय हुमबहादुर गुरुङ र मनकुमार श्रेष्ठ, आर्थिक विभाग प्रमुख कुमारी गुरुङले नेपाल स्टारको ताज एलिनालाई पहिराउन आफुहरु अन्तिम तयारीमा जुटेको बताए। गीत संगीतको विकास र नेपाल स्टारको गौरबलाई उचाईमा पुर्याउन, गीत संगीतको राजधानी सिंगो पोखरा, स्वदेश विदेशबाट शुभेच्छुक शुभचिन्तकहरुले एलिनालाई उपाधि चुमाउने अन्तिम तयारीमा जुटेको समितिले दावी प्रस्तुत गर्यो।
कार्यक्रममा फाइनालिष्ट एलिना गुरुङले फाइनल चरणसम्म पुर्याउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै उपाधि जिताउन एक पटक सबैको भोट, सधै इमान्दारीताका साथ संगीतको यात्री बन्ने अठोटका साथ सहयोगको लागि अनुरोध गरिन।
यसैबिच फाइनल प्रतिष्पर्धी एलिना गुरुङको स्वागतार्थ माघ ६ गते मंगलवार पोखरामा सांगितीक कार्यक्रम गरिने भएको छ।
शनिबार फाइनल प्रवेश पश्चात आइतवार गृहनगर पोखरा आएकी एलिनालाई पोखरेलीको भव्य स्वागत गरिएको थियो भने मंगलवार अपरान्ह पोखरा १२ चापापानीस्थित चिउली पार्चे तमु समाजमा स्वागतार्थ सांगितीक कार्यक्रम गरिने सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।
पोखरेली चेलीलाई नेपाल स्टारको उपाधि चुमाउन प्रचार प्रसारका साथै स्वागतका लागि आयोजना गरिने सांगितीक कार्यक्रममा एलिना गुरुङ, हार्मोनी समुहसहित पोखरेली कलाकारहरु प्रस्तुति हुने बताइएको छ।
कास्की जिल्ला मादी गाँउपालिका वडा नं.२ ताङतिङ गाँउ भई हाल पोखरा महानगरपालिका वडा नं.१३, विपी मार्ग निवासी एलिना गुरुङलाई नेपाल स्टारको ताज पहिराउन वरिष्ठ सँस्कृतिकर्मी मेनकाजी गुरुङको संयोजकत्वमा एलिना गुरुङ जिताऔं सहयोग समिति र विभिन्न विभागहरु गठन भई क्रियाशिल रहेको र विदेशका २० वटा देशहरुमा सहयोग समिति गठन गरी भोटिङ र सहयोगका लागि जुटिरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
पत्रकार सम्मेलन प्रचार विभाग संयोजक खिमा गुरुङको अध्यक्षता र सहयोग समितिका सचिव रोशनी गुरुङले संचालन गरेकी थिइन्।

Advertisment