प्रदर्शनमा सहभागीलाई बधाई तथा आभार : देउवा

पाेखरा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले के.पी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागीलाई बधाई तथा आभार ब्यक्त गरेका छन् ।
नेपाली जनताको भावना अभिब्यक्त गर्ने नेपाली कांग्रेसको आयोजनामा देशभरका ६,७४३ वडाहरुमा आज भएको विरोध प्रदर्शनमा सहभागि हुनुभएका सबैलाई म बधाई तथा आभार व्यक्त गर्दछु सभापति देउवाद्वारा जारी बक्तब्यमा भनिएकाे छ ।
देउवाले गाउं÷नगर वडा कार्यसमितिका साथीहरूसंगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु ।
पुस १३, पुस २५ र माघ ३ को प्रदर्शनमाझैं आजको प्रदर्शनमा पनि सामाजिक संजाल मार्फत स्वतस्फूर्त रुपमा सकृय भूमिका निर्वाह गर्ने युवाहरुलाई विशेष बधाई ज्ञापन गर्दछु ।

निरन्तर समाचार सम्प्रेषण गरेर आजको प्रदर्शनमा योगदान पु¥याउनु हुने आदरणीय पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु देउवाकाे बक्तब्यमा उल्लेख गरिएकाे छ ।

Advertisment