गण्डकी प्रदेश अन्तर्गतका विभिन्न ठाउंमा प्रहरी गतिविधि तथा घटनाहरू यस्ता छन

कास्की – मृत अवस्थामा फेला
जिल्ला कास्की पोखरा महानगरपालिका९१८ सेदीमा रहेको होटल चारगोलको कोठा नं। १०२ मा पोखरा महानगरपालिका९१७ छोरेपाटन बस्ने वर्ष ४३ को ईश्‍वर गुरुङ बसेकोमा आज
मिति २०७७।१०।०९ गते बिहान अबेरसम्म नउठेपछि होटल संचालक गई हेर्दा निज कोठामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई
घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
नवलपरासी पूर्व –
लागूऔषध सहित मानिस नियन्त्रणमा कावासोती नगरपालिका९ ८ खरकट्टा जंगलस्थित पूर्व९पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ध १ प ५६९१ नं।को मोटरसाइकललाई शंका लागी प्रहरीको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा एक मोटरसाइकल चालक पकौउ परेको पैहरीले बताएको छ ।
जिल्ला बाग्लुङ, बाग्लुङ नगरपालिका९२ बस्ने वर्ष २२ को संगम बस्याल र मोटरसाईकलको पछाडि सवार ऐ। काठेखोला गाउँपालिका९१ बस्ने वर्ष २२ को जीवन के।सी।को साथबाट नुर्फिन९१०० एम्पुल, डाईजेपाम९१०० एम्पुल र फेनरागन९१०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध सहित नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको पैहरीले जानकारी दिएको छ ।

तनहुँ सवारी दुर्घटना

जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका९१ सत्र सयस्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग।१ ज ७२३२ नम्बरको बोलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं।
२९०३९१२ प ४४२९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा जिल्ला चितवन पार्वतीपुर बस्ने वर्ष २३ को सञ्जय नेपाली घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको, अवस्था चिन्ताजनक रहेको र उक्त स्थानमा प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राज कुमार थिङले जानकारी दिएका छन ।

Advertisment