चीनमा वरिष्ठ राजनीतिक सल्लाहकार घुसकाण्डमा

बेइजिङ, माघ १५ गते। चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय पूर्व उपाध्यक्ष एवं पार्टीका वरिष्ठ सदस्य वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई चिनियाँ सर्वोच्च जनपरिषद्ले पक्राउ गर्ने निर्णय गरेको थियो ।
जनपरिषद्का अनुसार राष्ट्रिय निरीक्षण आयोगले गरेको अनुसन्धानबाट वाङ घुसखोरीमा संलग्न रहेको सम्भावना देखिएको जनाउँदै फौजदारी अनुसन्धान गर्न र अन्य आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो । वाङलाई यसअघि नै चिनियाँ कम्युनिष्ट पार्टीबाट निश्कासन गरिएको र पार्टी अनुशासन एवं कानुनको गम्भीर उल्लंघनको आरोपमा जिम्मेवारीबाट हटाइसकिएको छ ।
उक्त मुद्दाको थप कारबाही अघि बढाइएको पनि जनपरिषद्ले बताएको छ ।

Advertisment