कोरोनाभाइरस उपचारका लागि अर्बौँ चन्दा उठाएका ब्रिटिशका पुर्बसैनिककाे सङ्क्रमणकै कारण निधन

लण्डन । महामारीका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको उपचारका लागि दशौं लाख पाउण्ड चन्दा उठाएका क्याप्टेन सर टम मूरको निधन भएको छ।

१ सय वर्षका मूरलाई सास फेर्न समस्या भएपछि गत साता अस्पतालमा भर्ना गरिएको थियो।

उनले ३.३ करोड पाउण्ड जुटाएर बिरामीको उपचारका लागि ब्रिटेनको सरकारी अस्पताल एनएचएसलाई दिएका थिए।

सेनाबाट अवकाश पाएका मूरले सयौँ जन्मदिनअगाडि आफ्नो बगैँचाको १०० फन्को मारेर ठूलो रकम चन्दा उठाएका थिए।

उनलाई एउटा विशेष समारोहमा महारानी एलिजावेथले सम्मान पनि गरेकी थिइन्।

स्राेत – बिबिसी

Advertisment