काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाको पहलमा ओखलढुंगाको चम्पदेवीबाट हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ ।
प्रसूति सेवाका लागि स्वास्थ्य चौकी फेदीगुठ बर्थिङ सेन्टरमा पुगेकी शान्ता कार्की बुढाथोकीको उपचार सम्भव नभएपछि हेलिकप्टरको प्रयोग गरेर काठमाडौं लगिएको स्थानीय युवा मनोज बुढाथोकीले बताएका छन् ।
नेता खतिवडाकाे पहलमा हेलिकप्टरको व्यवस्था भएपछि कार्कीलाई काठमाडौं लगिएको छ । नेता खतिवडाले गरेको पहलप्रति स्थानीय वासिन्दाले धन्यवाद दिएका छन् ।
नेता खतिवडाले ओखलढुंगाका जनतालाई समस्या गर्दा लगातार सहयोग गर्दै आएका छन् । उनी संबिधानसभा सदस्य हुन ।