भूक्षय, जलाधार तथा वातावरण संरक्षण समितिको अध्यक्षमा थापा

पोखरा, ३० माघः भूक्षय, जलाधार तथा वातावरण संरक्षण समिति, पोखरा–३२ को तेस्रो अधिवेशन तथा सातौं साधारणसभाले शिवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा इन्द्रप्रसाद बास्तोला, सचिवमा विन्दुराज तिवारी, सहसचिवमा पवनकुमार तिवारी र कोषाध्यक्षमा लक्ष्मीदेवी भण्डारी रहनुभएको छ ।

समितिका सदस्यहरूमा धनकुमारी परियार, सम्मरबहादुर खत्री, विष्णुप्रसाद वाग्ले, वासुदेव खनाल, गंगामणि गौतम र मोहनकुमार प्रधान रहनुभएको छ । समितिका सल्लाहकारहरूमा संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष नारायणप्रसाद वाग्ले, खेमराज खनाल, डोलराज पण्डित र राजेन्द्रप्रसाद खनाल रहनुभएको छ ।
यस अघि कार्यक्रमको उद्घाटन समारोहमा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले भूक्षय, जलाधार तथा वातावरणको संरक्षण सबैको साझा कर्तव्य भएको बताउँदै यसका लागि वडाको तर्फबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वडा भित्र विभिन्न विकास निर्माणका कार्यले गति लिएको उहाँले जानकारी दिनुभयो । भूक्षय जलाधार तथा वातावरण संरक्षण समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले विभिन्न आरोह अवरोहका साथ संस्था बर्तमान अवस्थासम्म आइपुगेको चर्चा गर्दै यसबीचमा भूक्षय, जलाधार तथा वातावरण संरक्षणमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद वाग्लेको सभापतित्व एवम् सचिव विन्दुराज तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शिवबहादुर थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता खेमराज अधिकारी, नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३२ का सभापति डोलराज पण्डित, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, नेपाल रेडक्रस सर्कल पोखरा – ३२ का अध्यक्ष किसन परियार, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, समितिका सहसचिव लक्ष्मी भण्डारी, अपांग संघ पोखरा ३२ का अध्यक्ष मोहनकुमार प्रधान, आजीवन सदस्य हरिप्रसाद खनाल लगायतले प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको बताउँदै मानव जीवन र प्रकृति संरक्षण एक अर्काका परिपुरक जस्तै रहेको उल्लेख गर्नुभयो ।

Advertisment