नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा हुने भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । इन्फ्रास्ट्रक्चरले पहिलो कारोबारका लागि न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ४६ पैसासम्म रेन्ज तोकिएको छ ।

सोही रेन्जभित्र रहेर यसको पहिलो कारोबार हुनेछ । ’एनआइएफआरए’ संकेतमा यसको कारोबार हुनेछ ।

इन्फ्रास्ट्रक्चरको चुक्ता पुँजीका आधारमा कायम २० करोड कित्ता सेयर शुक्रबार सूचीकरण भएको हो ।

Advertisment