नेकपा जिल्ला अध्यक्षका छाेराकाे नेतृत्वमा कांग्रेसकाे आमसभामा आक्रमण, नेता सावद घाइते

पाेखरा । नेपाल कम्युनिष्ट पार्टी ओेली समुहले नेपाली कांग्रेसकाे बैतडी जिल्ला समितिले डिलासैनी गाउंपालिकामा आयाेजना गरिएकाे बिराेधसभामा ढुङ्गा प्रहार गरि कार्यक्रम बिथाेल्ने प्रयास गरेकाे छ ।

कांग्रेस नेता एनपि साउदले सम्बाेधन गरिरहंदा नेकपा बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालका (ओली समुहका)छाेरा मुकेश पालकाे नेतृत्वमा हमला भएकाे कांग्रेसले आराेप लगाएकाे छ ।

नेता सावद लाई खुट्टामा चाेट लागेकाे छ भने अन्य सात जना कांग्रेस नेता,कार्यकर्ता घाईते भएकाे समाचार छ ।
कांग्रेसमा भद्र बाैद्विक नेताकाे छबी रहेकाे संबिधानसभा सदस्य समेत रहेका सावद माथि आक्रमण गरिएकाेमा कांग्रेसले खेद प्रकट गरेकाे छ ।

Advertisment