प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त, तिलक परियारलाई पद मुक्त

काठमाडौं, फागुन ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा डाक्टर राजेश झा (रौतहट) लाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तकाअनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई सो पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिको प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार शुक्रबार ५ बजे राष्ट्रपति भवनमा उहाँलाई प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भई आए अनुरुप प्रदेश प्रमुख तिलक परियारलाई पद मुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

Advertisment